मध्यरातमा कैटरीना पुगिन् अस्पताल, कारण यस्तो

...

जेठ, काठमाडौं । बलिउड अभिनेत्री कैटरीना कैफ मध्यरातमा मुम्बईको एक अस्पतालमा पुगिन् । उनी मध्यरातमा अस्पतालमा पुग्दा धेरै खालको चियोचर्चा गरीयो । तर उनी मध्यरातमा आफ्नो स्वास्थ्य अवस्था चेकअपका लागी अस्पताल पुगेको एक मिडिया रिपोर्टमा बताइएको छ ।

katrina-kaif_640x480_71453351713फिल्म ‘जग्गा जासुक’को छायांकन गरेर सकेकी कट्रिना लगातारको बिभिन्न ठाउँको मौसम परिवर्तनले उनलाई रुघा खोकि लागेको थियो । त्यसैले उनी मध्यरातमै अस्पताल पुगेकी थिइन् ।

छायांकनको क्रममा मुम्बई र मोरोक्कोमा निकै गर्र्मी र लण्डनमा निकै जाडो भएकोले उनको स्वास्थ्य अवस्थामा रुघा खोकिको समस्या देखिन थालेको थियो । उनी मध्यरातमा अस्पताल पुगेर ४५ मिनेट अस्पताल बसेर आफ्नो स्वास्थ्य अवस्था चेकअप गरी घर फर्केकि थिइन् ।