चलचित्रकर्मि निरन्तर सहयोगमा जुट्दै, बोर्डबाट ५ लाख पिडितका लागि

...

जेठ, काठमाडौं । चलचित्र विकास बोर्डले भुकम्प पिडितहरुको लागि बिभिन्न सहयोग गर्ने क्रममा अर्को उदाहरणीय काम गरेको छ । प्रधानमन्त्री दैविक प्रकोप तथा उद्दार राहत कोषमा नगद ५ लाख सहयोग गरेर चलचित्र विकास वोर्डले एक उदाहरणीय काम गरेको हो । नेपालमा गएको बिनाशकारी भुकम्पमा परी घरबार बिहिन भएकाहरुलाई अस्थाथी घर बनाईदिने, राहत बिरतण गर्ने लगायतका कार्य गर्दै आएका चलचित्र विकास वोर्डका सदस्यहरुले आज बिहान प्रधानमन्त्री सुशिल कोइरालालाई भेटेर ५ लाख सहयोग गरेका हुन् । बिहान बोर्डका सदस्यहरु सुरेशदर्पण पोख्रेल, राजेन्द्र केसी र रुपा राना प्रधानमन्त्रीको सरकारी निवास वालुवाटार पुगेका थिए । कलाकारहरुको उक्त काम देखेर प्रधानमन्त्री शुसिल कोईरालाले खुसी व्यक्त गर्दै धन्यवाद दिनुभएको थियो ।

nepali film karmi

‘केहि दिन अघिमात्रै काभ्रेको रामपुरमा भुकम्प पिडितहरुका लागि तयार पारीएको ४० अस्थायी घर नमुना पनि कलाकारहरुले प्रधानमन्त्रीलाई हस्तान्तरण गरेका थिए । अभियानका संयोजक सुरेश दर्पण प्रोख्रेलका अनुसार अभियान अन्र्तगत अब काठमाण्डौ, गोरखा र नुवाकोटमा अन्य १ सय अस्थायी टहरा बनाउने तयारी भएको छ । आजको प्रधानमन्त्री कोइरालासँगको भेटमा नायिका केकी अधिकारी, वेनिशा हमाल, नन्दिता केसी त्यस्तै यशराज, राजन काफ्ले, अजय पोख्रेल र सुरेश दर्पण प्रोखे्रल सहभागी भएका थिए ।

film karmi 3