अम्बर दाईको यात्रा पछ्याउँदै हिड्नुपर्छः गायिका कुन्ती मोक्तान

...

kunti-moktan-1-1-s-307x512जेठ, काठमाडौं । बरिष्ठ संगीतकार अम्बर गुरुङको निधन पछि मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरीएको छ । बिभिन्न कला क्षेत्रका कलाकार तथा बिशिष्ठ ब्यक्तिहरुले फुलमाला अर्पण गरेर गुरुङको अन्येष्टि गरीएको हो ।

नेपाली गीतसंगीत क्षेत्रकी एक चर्चित गायिका कुन्ती मोक्तानले संगीतकार अम्बर गुरुङले संगीतक्षेत्रमा ठुलो योगदान पुर्याएको र उनकै बाटो हिड्नु पर्ने बताएकी छिन् ।

आफुले धेरै सानै देखी चिन्ने भन्दै मोक्तानले आफ्नो गुरु भएको पनि बताइन् । “पछिल्लो समय आधुनिकताको संगीत आएता पनि अन्ततः अम्बर दाईकै पालोको संगीतमा डुब्नै पर्ने हुन्छ, हामी गीतसंगीतका जति पनि कलाकारहरु छौं उहाँले हिडेको यात्रालाई पन्छ््याउँदै हिड्नु पर्छ”, उनले भनिन् ।

मंगलबार बरिष्ठ संगीतकार अम्बर गुरुङको निधन पछि गुरुङको पार्थिव शरीरलाई श्रद्धाञ्जली दिनका लागी संगसंगीत क्षेत्रका बिभिन्न कलाकारहरु प्रञाभवनमा पुगेका थिए ।