जेठ, काठमाडौं । पछिल्लो समय बलिउडमा चर्चा कमाएकी अभिनेत्री कंगना रणावत खान नायकहरुकै तुलनामा आउन थालेकी छिन् । चलचित्र ‘क्विन’ हिट भएपछि चम्किएकी कंगना ‘तन्नु वेड्स मन्नु रिटन्र्स’को सफलताले झनै उचाइमा पुगेकी हुन् । यो चलचित्रले २ दिनमा नै २२ करोडको व्यापार गर्यो ।
किन खेलीनन् बिज्ञापनमा ?
कंगनाले एक बिज्ञापनको २ करोडको अफर अस्विकार गरेकी छिन् । उनलाई एक क्रिमको बिज्ञापनमा अफर गरीएको थियो तर उनले क्रिमको बिज्ञापनमा आफुलाई रुची नभएको र अरुलाई बिश्वास नहुने बिज्ञापनमा आफु नखेल्ने पनि बताएकी छिन् । आफुले क्रिमको बिज्ञापन खेल्दा अन्य करोडौं कालो बर्ण हुने मानिसलाई होच्याएको हुने बताईन् ।