‘छोरी भन्दा आमा तरुनी’का गायक कुमार बस्नेतलाई ‘लाईफ टाईम अचिभमेन्ट अवार्ड’

...

जेठ, काठमाडौं । नेपाली लोक गायक क्षेत्रका चर्चित गायक कुमार बस्नेतलाई ‘लाईफ टाईम अचिभमेन्ट अवार्ड’ प्रदान गरीएको छ । राजधानीमा आयोजित ‘चौथो वायो राष्ट्रिय लोकदोहोरी अवार्ड २०७३’ कार्यक्रममा बस्नेतलाई नगद १५ हजार ५ सय सहित लाईफ टाईम अचिभमेन्ट अवार्ड प्रदान गरीएको हो ।

kumar-basnet- lok singerनेपाली लोक तथा दोहोरी गीतको क्षेत्रमा ठुलो योगदान र संघर्ष गरेका कुमार बस्नेत यतिखेर अमेरीकामा छन् । उनले गाएका गीत अधिकांश दर्शक तथा स्रोता माझ लोकप्रिय छन् । उनले गाएका गीत मध्ये ‘छोरी भन्दा आमा तरुनी’ र ‘हेर्दा राम्रो माछा पुच्छ्रे’ बोलको लोकगीत अझ चर्चित छ ।

आज राजधानीको कमलादी स्थित प्रज्ञाभवनमा आयोजीत ‘चौथो वायो राष्ट्रिय लोकदोहोरी अवार्ड २०७३’ मा बस्नेतलाई लाईफ टाईम अचिभमेन्ट अवार्ड प्रदान गर्दै उनको योगदान अबिष्मरणीय रहेको बताइएको थियो । साथै बस्नेत देश बाहिर रहेकाले उनका नाती जयन्त बस्नेतले उनको अवार्ड ग्रहण गरेका थिए ।

बस्नेतका ‘उनकै छोरी’, ‘लप्सीको गेडा’, ‘हेर्दा राम्रो’, ‘मादल घनघन’, ‘धनकुटा हिले’, ‘चन्द्र शमसेर’ लगायतका बोलका गीत चर्चित छन् ।

गायक कुमार बस्नेतका केहि गीत तलको जुक्सबक्समा पनि सुन्न सक्नुहुनेछ ।

 

photo by Ashok dulal