करिश्माले नयाँ शक्तिको कार्यक्रम पछि आएाके टिप्पणी प्रति यस्तो स्टाटस लेखीन्

...

जेठ, काठमाडौं । आईतबार राजधानीको रंगशालामा भएको नयाँ शक्ति नेपालको पार्टि घोषणा कार्यक्रममा अभिनेत्री करिश्मा मानन्धरले कार्यक्रम सञ्चालन गरीन् । अर्का पुरुष सहकर्मिसँग मिलेर कार्यक्रम सञ्चालन गर्ने क्रममा उनको उद्घोषण शैलीलाई लिएर बिभिन्न टिकाटिप्पणी पनि भए ।

Karishma-Manandhar-Nepali-Actress - artist khabar
नयाँ शक्ति नेपालमा समावेश भएकी करिश्माले आफ्नो बारेमा चलेका टिकाटिप्पणी प्रति आफुले वास्ता नगरेको बताएकी छिन् । उनले फेसबुकमा लेख्दै भनेकी छिन् ,‘मेरो व्यत्तित्वलाई लिएर मान्छेहरुले के भन्छन्, मलाई मतलब छैन । नयाँ शक्तिको उदय भैसकेको छ । म यसमा खुसी छु । नयाँ शक्ति जनता र देशको शक्ति हो ।


आईतबार नयाँ शक्ति नेपालको पार्टि घोषणा कार्यक्रममा गायक बद्री पंगेनीले पनि आफ्नो प्रस्तुती दिएका थिए ।
karishmas-status