मह जोडी धुर्मुस सुन्तली फाउण्डेशनको संस्थापक सल्लाहकार बने

...

जेठ, काठमाडौं । वरीष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) धुर्मुस सुन्तली फाउण्डेशनको संस्थापक सल्लाहकार हुनुभएको छ । फाउण्डेशनले गरेको प्रस्ताव मह जोडीले सहर्ष स्वीकार गरेपछि उहाँहरुलाई संस्थापक सल्लाहकारमा नियुक्त गरिएको हो ।

हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले सामाजीक काम गर्नका लागि भूकम्प पश्चात फाउण्डेशन स्थापना गरेका थिए । एउटा हाँस्य कलाकारले फाउण्डेशनमार्फत निकै राम्रो काम गरिरहेकाले संस्थापक सल्लाहकारको प्रस्ताव स्वीकार गरेको मह जोडीले बताएका छन् ।

dhurmus-suntali-maha-jodi-800x450
गिरान्चौर एकिकृत बस्तीका घरहरु नेपाली मौलिकता झल्कीने गरी घर बनाउन उहाँहरुले सुझाव दिनुभएको छ । सल्लाह दिनु भन्दा, काम गरेर देखाउनु ठूलो कुरा भएको भन्दै हाँस्य कलाकारबाटै भएको सामाजीक कामको मह जोडीले प्रशंसा गर्नुभयो । हाँस्य क्षेत्रका विशिष्ठ व्यक्तिले फाउण्डेशनको प्रस्ताव स्वीकार गरेकोमा फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेललेआभार व्यक्त गरेका छन् ।


मह जोडीको अनुभव र उपयुक्त सल्लाहले नै आफुहरुलाई अघि बढ्न प्रेरीत गर्ने उनको भनाई छ । आफुहरु मह जोडीबाटै प्रभावित भएर हाँस्य क्षेत्रमा प्रवेश गरेकाले उहाँहरुको दिएको सल्लाह अनुसार नै अघि बढ्ने फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरेले बताएकी छिन् । युरोप भ्रमण गरेर केहि दिन अघि स्वदेश फर्किएका मह जोडीले बेल्जीयमबाट कमल भारती र साबित्रा गिरीको परिवारले गिरान्चौर एकिकृत बस्ती निर्माणका लागि पठाएको ८ सय ५० युरो (१ लाख रुपैँया भन्दा बढी) सहयोग पनि धुर्मुस सुन्तलीलाई हस्तान्तरण गरेका छन् ।

यस्तै, फाउण्डेशनले सुरु गरेको गिरान्चौर एकिकृत बस्ती निर्माण तथा पर्यटन प्रवद्र्धन परियोजनाको सल्लाहकारमा भने लिलामणी पौडेल, डा। स्वर्णीम वाग्ले, रबिन्द्र मिश्र, डा.गोविन्द पोख्रेल, दिनेश थपलीया रहेका छन् ।