संङ्गीत मेडिटेशन होः संगीतकार शनम पुरुष

...

shanam purushअसार, काठमाडौं । नयाँ नयाँ गायक गायिका देखि लिईएर पूराना स्थापित गायक गायिका सम्म लाई संङ्गगीत भरिसकेका गीतकार/संङ्गीतकार शनम पुरुष यतिवेला संङ्गीत भर्नमै व्यस्त छन् । गीत संङ्गीत एउटा मनोरञ्जनकै रुपमा मात्र मान्छेले बुझेता पनि शनम पुरुष को बुझाईमा संङ्गीत एउटा मेडिटेशन हो, जस्ले एउटा जस्तै परिस्थितिमा पनि जीवन जिउन सिकाउँछ । आफुलाई संङ्गीतको पुजारी मान्ने संङ्गीतकार शनम पुरुष विज्ञान, दर्शन, अध्यात्म, योग, संङ्गीत मानिसको जीवनमा अनिवार्य अपरिहार्य भएको बताउँछन् ।

वीवन त संङ्गीतलाई आत्मासात गर्दै संङ्गीतमा नौलो आयाम थप्न चाहने स्रवटा शनम पुरुष मानवीय संवेदनालाई चुस्त दुरुस्त आफ्नो संङ्गीत मार्फत उतार्न सक्ने कला वहाँसंग पाउन सकिन्छ । एक वर्ष अगाडि मात्र आफ्नो एकल रचनामा “पारिजात” नामक आधुनिक गीति एल्वम बजारमा ल्याई सके पछाडि हालै मात्र नवोदत गीतकार इन्द्र बुढाथोकी “विरही” को एकल रचना मा विभिन्न स्थापित गायक/गायिकाहरुको स्वरमा सजिएको “पराई” एल्वममा पनि एकल संङ्गीत वजारमा आईसकेको छ ।

त्यस्तै गीतकार भागीराम के.सी. को एकल रचनामा पनि “मनले भन्दा” नामक एल्वममा खयाति प्राप्त गायक गायिका को एकल संङ्गीत सुन्न सकिन्छ । हालसालै गीतकार श्रीया स्त्री को “धोका” नाक आधुनिक गीति एल्वममा पनि शनम पुरुषको एकल संङ्गीत सुन्न सकिन्छ । १ वर्षको अन्तरालमा ८० भन्दा बढि संङ्गीत भरिसकेका स्रवटा शनम पुरुष संङ्गीत मै आफुलाई समर्पित गर्दै संङ्गीत मै आफ्नो जीवन अन्त्य पनि हुने कुरा प्रष्ट्याउनु हुन्छ ।