फिल्म बिषय लिएर पढ्न चाहानेहरुका लागी खुल्यो ‘एभरेष्ट फिल्म एकेडेमी’

...

असार, काठमाडौं । नेपालमा पनि अब फिल्म बिषय लिएर पढ्न पाइने भएको छ । केहि समय अघि देखी नेपालमा फिल्म सम्बन्धी अध्ययन गर्नका लागी कुनैपनि एकेडेमी नभएको गुनासो हुँदै आएपछि अब फिल्म पढ्नका लागी ‘एभरेष्ट फिल्म एकेडेमी’ खुलेको छ ।

filmy school of nepalअहिले त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त ‘ओस्कार फिल्म कलेज’ मात्र संचालनमा आएको थियो । अब देखी फिल्म पढ्न चाहानेहरुका लागी काठमाडौंको मिनभवनमा ‘एभरेष्ट फिल्म एकेडेमी’ संचालनमा आएको छ । एक कार्यक्रमका बिच बिहिबार सूचना तथा संचारमन्त्री शेरधन राइद्धारा उद्घाटन गर्दै उक्त एकेडेमी संचालनमा आएको हो ।

चलचित्र क्षेत्रका चर्चित हस्तीहरुको संलग्नतामा यो एकेडेमी संचालनमा आएको हो । जहाँ ‘निर्देशन, अभिनय, छायांकन र सम्पादन भीएफएक्स’ पढाइनेछ ।

यस्तै, एकेडेमीका सीइओ प्रकाश पुरीले आफूले चलचित्र क्षेत्रमा पढेर आएका मानिसहरुको अभाव भएकाले यो एकेडेमी संचालनको योजना बनाएको बताए । उनले ३ बर्ष लामो मिहिनेतपछि एकेडेमी संचालनमा आएको जानकारी दिए ।


निर्देशक उज्ज्वल घिमिरे डिरेक्टर रहेको यो एकेडेमीमा विश्व बस्नेत ‘फ्याकल्टी डिरेक्टर’को रुपमा छन् । यस्तै, ज्योत्सल राजभण्डारी प्रशासनिय निर्देशक र विशाल श्रेष्ठ मार्केटिङ निर्देशकको रुपमा आवद्ध छन् ।


‘निर्देशन विधामा’ लक्ष्मीनाथ शर्मा, उज्ज्वल घिमिरेको टिम छ । यस्तै, अभिनय विधामा विश्व बस्नेत, गौरी मल्ल, गंगाप्रसाद तिवारी, रेनशा राई, चन्द्र पन्त, टंक चौलागाईको टिम छ । छायांकनतर्फ प्रेम उपाध्याय र विश्नु कल्पीतले अध्यापन गराउनेछन् ।

दृश्य सम्पादनतर्फ भने रजनी पन्त, दशरथ गिरीको टिम छ । सल्लाहाकार टिममा गेहेन्द्र धिमाल, छविराज ओझा, मिथिला शर्मा, दीपिकराज गिरी र बाबुराम ढकालको टिम छ ।

एकेडेमीका सीइओ प्रकाश पुरीले आजबाट असार मसान्तसम्म ४ वटा बिषयका लागि भर्ना सुरु गरिएको बताए । उनका अनुसार यो क्षेत्रमा केही गरौ भन्ने चाहना बोकेका व्यक्तिहरुले कलेजमा भर्नाका लागि आवेदन दिन सक्नेछन् ।