दिपकराज गिरी भन्छन्, ‘डाक्टरलाई जस्तै निर्देशकहरुलाइ समात्नेहो भने ५/६ जनामात्र बाँकी रहलान्’

...

असार, काठमाडौं । कलाकार दिपक राज गिरी भर्खर मात्र क्यानेडाको आधा महिनाको कार्यक्रम सकेर फर्किएका छन् । दिपक राज गिरी र दिपा श्री निरौला क्यानेडाको कार्यक्रमबाट फर्के लगत्तै आ आफ्नो काममा ब्यस्त छन् ।

दिपक र दिपा क्यानेडामा हुँदा बाट नै नेपालमा नक्कली डाक्टर समातिएका समाचार आईरहेका थिए । नक्कली सर्टिफिकेटबाट डाक्टरहरु समातिएको खबर फेरी पनि आएको छ । यस लगत्तै कलाकार दिपकराज गिरीले पनि आफ्नो फेसबुकमा स्टाटस लेखे जुन स्टाटसले दिपकराज आफ्नो कलाकारीता क्षेत्रका मानिसहरुप्रतिको अनबिज्ञताको कुरा गरेको देखिन्छ ।

Deepak raj Giri


‘समाचार आयो ठूला ठूला हस्पिटलबाट ३६ नक्कलि , योग्यता नपुगेका डाक्टर पक्राउ रे……… धन्न योग्यता नपुगेका डाक्टर समातिए , फिल्म डाइरेक्टर समातिएका भए त हाम्रो लाइन मा ५,६ जना मात्र बॉकि रहने थिए होला……..’


माथिको यो भनाई दिपकराज गिरीको फेसबुक स्टाटसबाट लिइएको हो । दिपकराजले योग्यता नपुगेका डाक्टरहरुलाई समाते जसरी फिल्म डाइरेक्टरहरुलाई पनि समात्नेहो भने ५, ६ जना भन्दा बाँकी रहँदैनन् होला भनेर लेखेका छन् । यो भनाई बाट दिपकका अनुसार फिल्मलाईनमा योग्यता पुगेका डाईरेक्टरहरु निकै कम छन् भन्ने बुझिन्छ ।