असार, काठमाडौं । नेपाली गीतसंगीतको क्षेत्रमा संघर्ष गर्दै अगाडि बढेकी मोडल पेमा सेर्पा यतिखेर मोडलिङमै ब्यस्त छिन् । अहिले सम्म आठ वटा म्युजीक भिडियोमा अभिनय गरीसकेकी पेमाले पहिलो पटक अभिनय गरेको म्युजीक भिडियो कहिले काँही भेट हुँदा बोलको गीत हो । राज लाबुको स्वरमा रहेको यस गीतमा उनले पहिलो पटक अभिनय गरे देखीनै मोडलिङमा सक्रिए रहेकी छिन् ।
नेपालको ताप्लेजुङ गुन्सा घर भएकी पेमा हङकङ पनि बस्दै आएकी छिन् । कहिले हङकङ त कहिले नेपाल गर्ने पेमा यो महिनाको अन्तिममा हङकङ जाने बताइन् । उनले हङकङमा पनि म्युजीक भिडियोको सुट गर्ने तयारी भएको बताइन् ।
पेमालाई केहि दिन अघि राजधानीको एक छायांकनस्थलमा आर्टिस्टखबरको टिमले भेट्दा आधुनिक गीतकै छायांकनमा ब्यस्त थिइन् । अहिलेसम्म आधुनिक गीतमामात्र अभिनय गरेकी पेमाले लोक गीतका अफर नआएकोले आधुनिक गीतमा मात्र अभिनय गरेको बताउँछिन् । तपाईलाई कुनै फिल्मको अफर आयो भने गर्नुहुन्छ कि नाई भन्ने आर्टिस्ट खबरको प्रश्नमा उनले भनिन्, “फिल्मको अफर गुमाउने त कुरा भएन नी, यो भन्दा अघि ४ वटा फिल्ममा साइड रोल गरीसकेकी छु । अब अफर आयो भने अभिनय गर्नेछु ।”
उनले अभिनय गरेको पछिल्लो समयको आधुनिक गीत सक्दिन म तिमीलाई भुल्नमा सिरेसी चेमजुङको स्वर रहेको छ । जसलाई निर्देशक मिलन कार्कीले निर्देशन गरेका छन् भने भिडियो केहि दिनमा परेली फिल्मस् प्रा.लीद्धारा बजारमा आउँदैछ ।