कलाकार भिमबहादुरले मनाए आफ्नोे जन्मदिन, आजबाट पुगे ९१ बर्ष

...

असार, काठमाडौं । टेलिभिजनको पर्दामा कलाकार दिपाश्री निरौलाको बुबा भनेर चिनिएका कलाकार भिम बहादुर थापाले आज आफ्नोे ९१ औं जन्मदिन मनाएका छन । दिपा श्री निरौलाका कर्मपिता भिम बहादुर आज ( असार १३) बाट ९० बर्ष पार गरेर ९१ बर्षमा लागेका हुन ।

nepali artists- bhim - artist khabar
आज कलाकार दिपाश्री निरौलाले भिम बहादुरको मैतिदेवी निवासमा पुगेर फुलमाला लगाइदिएर जन्मदिन मनाइदिएकी हुन ।


जनचेतना मुलक टेलिफिल्म ‘देवी’ मा दिपाले कलाकार थापाको छोरी भएर अभिनय गरेकी थिइन भने दिपक र दिपाको हाँस्य व्याङ्ग्य टेलिफिल्मको पूरै भागमा पनि दिपाले छोरीकै भूमिका निभाएकी थिइन् । ८६ वटा फिल्ममा अभिनय गरेका उनले एक सय ६५ वटा त टेलिफिल्ममा मात्रै अभिनय गरेका छन् ।

कलाकार भिम बहादुर थापालाई आर्टिस्ट खबर डटकम परिवारको तर्फबाट जन्मदिनको शुभकामना ।