‘रातामकै’को जन्मदिन स्पेशल, दिपाश्रीले दिइन् चिकेन उपहार

...

असार, काठमाडौं । हाँस्य कलाकार किरण केसी (राता मकै)ले आफ्नो जन्मदिन मनाएका छन् । असार १५ मा जन्मिएका किरणले आज आफ्नो ५९ औं जन्मदिन मनाएका हुन् । उनको जन्मदिन आज राजधानीमा बिभिन्न कलाकारहरुका साथमा एक बिशेष कार्यक्रम गरी मनाइएयो ।


टेलिभिजनको पर्दामा धेरै टेलिश्रृंखला तथा फिल्महरुमा अभिनय गरीसकेका किरणले बर्षेनी रुपमा आफ्नो जन्मदिनको अवसरमा बिशेष कार्यक्रम गर्दै आएका छन् । यसपालीको जन्मदिनमा पनि उनले थुप्रै कलाकारहरुका बिचमा आफ्नो जन्मदिन मनाए । साथै उनलाई जन्मदिनको उपहार दिनेहरुको ओइरो लाग्यो जसमा कलाकार दिपा श्री निरौलाले फरक उपहार दिइन् । त्यो थियो कुखुराको मासु (चिकेन), त्यो पनि काटिएको कुखुरा तर नटुक्राइएको ।
rata-makhai-birthday-2कलाकार दिपाश्रीले बर्षै पिच्छे किरण केसीलाई फरक फरक उपहार दिने गरेकी छिन् । यस्तै किरण केसीको जन्मदिनको कार्यक्रममा अन्य चर्चित कलाकारहरु पनि उपस्थित थिए । कलाकार मदन कृष्ण श्रेष्ठले उनलाई धेरै बर्ष बाचुन् भन्दै शुभकामना थिए ।

कार्यक्रममा बर्षै पिच्छे दुई ब्यक्तिलाई सम्मान गर्दै आएका रातामकैले यस बर्ष पनि दुई जनालाई सम्मान गरे । यसबर्ष कलाकार बसुन्धरा भुषाल र गायिका तथा सञ्चारकर्मि कोमल वलीलाई सम्मान गरीएको थियो ।

कार्यक्रममा किरणले ‘धुर्मुस सुन्तली’ले गिरान्चौरीमा निर्माण गरिरहेको बस्तीका लागि सहयोग राशी हस्तान्तरण गरे । विभिन्न व्यक्तिहरुले सहयोग स्वरुप उपलब्ध गराएको रकम किरणले ‘धुर्मुस र सुन्तली’लाई हस्तान्रण गरेका थिए ।

कार्यक्रममा हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ, संगीतकार शम्भुजित बास्कोटा, चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई, हाँस्यकलाकारहरु दीपकराज गिरी, मनोज गजुरेल, बसुन्धरा भुषाल, जीतु नेपाल शीवहरी पौडेल, सिताराम कट्टेल, कुञ्जना घिमिरे उपस्थित थिए । सुसानका लागि हाँस्यव्यङ्ग्य’ नाम दिएर आयोजित कार्यक्रम चार घण्टा सम्म चलेको थियो ।