‘गाँजाबाजा’ नाम अबैध छैन, दर्शकमाझ अवस्य आउँनेछः निर्देशक पाण्डे

...

असार, काठमाडौं । फिल्मको नामको बिषयलाई लिएर झमेलामा परेको फिल्म ‘गाँजाबाजा’ यतिखेर अदालत सम्म पुगेको छ । फिल्मको नाम ‘गाँजाबाजा’ राख्न नपाइने भन्दै चलचित्र बिकाश बोर्डले रोकेपछि फिल्म निर्माण अदालतमा पुग्यो । त्यसपश्चात अदालतले चलचित्र बिकाश बोर्डलाई कारण देखाउ आदेश जारी समेत गरेको छ । यसका साथै अदालतले ‘गाँजाबाजा’को बारेमा आउँदो भदौ २७ गते निर्णय गर्दैछ ।
ganesh dev pandey - gaja baja directorफिल्म ‘गाँजाबाजा’का निर्देशक गणेश देव पाण्डेले फिल्मको नाम यथावत रहनेमा आफु विश्वस्त रहेको बताएका छन् । फिल्मको नामले मात्र नकारात्मक सन्देश जान नसक्ने र कुनै पनि शब्दले मात्र फिल्मलाई रोक्न नपाइने भन्दै उनले अदालतमा रिट दायर गरेको बताए । “हामीले समाजको यथार्थ कथालाई फिल्ममा देखाउन खोजेका हौं, नामले मात्र रोक्ने हो भने यो भन्दा अघिपनि यस्ता नाम धेरै आएका छन्, जुन नामलाई कानुनले अबैध पनि भनेका छन् तर गाँजा भन्ने कुरा अनुमति लियो भने खेती गर्न पनि पाइन्छ, मन्दिरमा चढाउन पनि पाइन्छ, त्यसैले यो कुरालाई रोक्नु आवश्यक नै छैन”, निर्देशक पाण्डेले आर्टिस्ट खबरसँग कुरागर्दै भने ।

यसभन्दा अघि ‘मालतीको भट्टी’, ‘मञ्जरी’ जस्ता सफल फिल्म निर्देशन गरीसकेका निर्देशक गणेश देव पाण्डेले आर्टिस्ट खबरसँग गरेको कुराकानी तलको भिडियोमा हेर्न सक्नुहुनेछ ।