गायिका अन्जु पन्तले सामाजिक सञ्जालमा फैलिएको तस्बिरबारे यसरी प्रष्ट्याइन् (भिडियो)

...

असार, काठमाडौं ।  गायिका अन्जु पन्तले आफ्नो अनुहार सँग मिलेका केहि तस्बिर सामाजिक सञ्जालमा फैलिएको बारे प्रष्ट्याएकी छिन् । आफ्नो अनुहारसँग मिल्ने केहि तस्बिर सामाजिक सञ्जालमा आफ्नो नाममा अभद्र तरिकाले फैलाइएको बारे आफ्ना दर्शकहरुलाई उनले नझुक्किन आग्रह गरेकी छिन् ।
anju panta in recording studioगायिका अन्जुले आफ्ना फ्यानहरुका लागी आफुलाई चिन्नका अन्य अनुहार भन्दा आफ्नो अनुहारको फरकका बारेमा पनि प्रष्टाएकी छिन् । उनले आफ्नो निहारमा सजिलै चिन्न सक्ने, त्यसै गरी कानका आकार र उनले आफुले औंलामा लगाउने औंठीको बारेमा प्रष्ट बोलेकी छिन् । जुन तलको भिडियोमा पनि प्रष्ट हेर्नसकिन्छ ।


गायिका अन्जु पन्तले अहिले सम्म ६ हजार भन्दा बढी गीत गाएकी छिन् । दुई दशकको समयमा उनका आधुनिक, लोक तथा पप् गीत गाएकी छिन् । उनले गाएका गीत मध्ये पछिल्लो समय दुई फिल्मका गीत वडा नं. ६ को सुर्के थैली र प्रेम गीतको म यस्तो गीत गाउँछु निकै चर्चित छन् । थुर्के थैली गीत युट्युवमा पनि गीतको भिडियोहरुमै अहिले सम्मकै धेरै पटक हेरीएको छ ।
anju panta - artist khabarगायिका अन्जु पन्तलाई आर्टिस्ट खबरको टिमले अनामनगरको जुनेली स्टुडियोमा भेट्दा यो जीवनमा यस्तै भयो बोलको आधुनिक गीत रेकर्ड गर्दे थिइन् । संगीतकार अष्ट लामाले संगीत भरेको यस गीतमा राम बहादुर बाडे ले शब्द भरेका छन् । बिगत तिन दशक देखी संगीत क्षेत्रमा अनबरत रुपमा लागेका अष्ट लामाले यस गीतमा आफुले मेहनत गरेको र दर्शक तथा स्रोताका लागी माया प्रेमको बिषयमा एक फरक गीत बजारमा ल्याउन लागेको बताए ।

स्टुडियोमा गायिका अन्जु पन्त, संगीतकार अष्ट लामा, साथै निर्देशक समुन्द्र भट्ट र छायांकार श्री कृष्ण फुँयाल भेटिएका थिए ।

गायिका अन्जु पन्तले आर्टिस्ट खबरसँग गरेको कुराकानी तलको भिडियोमा हेर्नसक्नुहुनेछ ।