असार, काठमाडौं । फिल्मको नामलाई लिएर बिवादमा आएको ‘गाँजाबाजा’ फिल्म युनिट यतिखेर दौडधुपमै ब्यस्त देखिन्छ । ‘गाँजा’ नाम अबैध भएको भन्दै चलचित्र बिकास बोर्डले सो नाम राख्न नपाउने भनेपछि चलचित्र युनिट बिगत ६ महिना देखी अल्झिएको छ ।
‘गाँजाबाजा’ भन्नाले गाँजा खायो भने बाजा बज्छ भनेर गाँजा नखानुस भनेर फिल्म बनाउँदा पनि नामलाई मात्र लिएर यसरी दुख दिने काम भएको ‘गाँजाबा’जाका निर्माता तथा निर्देशकहरुको भनाई छ । “हाम्रो फिल्मको कथामा हैन, मात्र नामलाई लिएर हामीलाई रोकिएको छ, गाँजा नाम पुर्णरुपमा अबैध छैन, अनुमति लिएपछि खेती गर्नपनि पाइन्छ र मन्दिरमा चढाउन पनि पाइन्छ, तर हामीलाई फिल्मको नाम राख्न किन दिइएको छैन, अचम्म लाग्छ”, फिल्मका निर्देशक गणेश देव पाण्डेले भने । पाण्डेले बिगत ६ महिना देखी अदालतसम्म पुगेर लडिरहेको र आँफु सहि भएकोले लडिरहने बताए ।
फिल्मका निर्माता दिपेन्द्र रेग्मीले पनि एउटा बनस्पतीको नामलाई लिएर फिल्म बनाउँदा पनि यति ठुलो दुख दिने काम भईरहेको भन्दै बताए । अनुमति लिएपछि प्रयोग गर्न पाइने गाँजा नामको लागी मात्र पछि लागी बिषय बस्तु के उठाइएको छ त्यो बुझ्न नखोजीएको उनको भनाई छ । “बाहिरैबाट कालो देखेपछि त्यो कालो नै हो भनिन्छ, साँच्चै नै भित्री कुरा के छ त्यो बुझ्न खोजिदैन, दुख लाग्छ”, निर्माता रेग्मीले भने ।
त्यस्तै फिल्मका कलाकार निश्चल बस्नेतले पनि गाँजाबाजा नामलाई रोकेर राम्रो काम नभएको बताएका थिए । अहिलेको समयमा पनि पुरानै शैलीका कुराहरु गरेर बस्नु उपयुक्र नहुनुको उनको भनाई थियो ।
–
केहि दिन अघि राजधानीमा पत्रकार सम्मेलन गरी गाँजाबाजा फिल्मको नामलाई लिएर विवादमा ल्याइएको बारे प्रष्टाइएको थियो । पत्रकार सम्मेलनमा बिभिन्न फिल्मकर्मिहरु, कानुन बिज्ञहरु लगायतकाको उपस्थिती थियो ।