‘गाँजाबाजा’का निर्माता र निर्देशक भन्छन्- ‘गाँजा खान हुन्न भनेर फिल्म बनाउँदा पनि बिरोध गरीयो’

...

असार, काठमाडौं । फिल्मको नामलाई लिएर बिवादमा आएको ‘गाँजाबाजा’ फिल्म युनिट यतिखेर दौडधुपमै ब्यस्त देखिन्छ । ‘गाँजा’ नाम अबैध भएको भन्दै चलचित्र बिकास बोर्डले सो नाम राख्न नपाउने भनेपछि चलचित्र युनिट बिगत ६ महिना देखी अल्झिएको छ ।
ganesh dev pandy and dipendra regmi‘गाँजाबाजा’ भन्नाले गाँजा खायो भने बाजा बज्छ भनेर गाँजा नखानुस भनेर फिल्म बनाउँदा पनि नामलाई मात्र लिएर यसरी दुख दिने काम भएको ‘गाँजाबा’जाका निर्माता तथा निर्देशकहरुको भनाई छ । “हाम्रो फिल्मको कथामा हैन, मात्र नामलाई लिएर हामीलाई रोकिएको छ, गाँजा नाम पुर्णरुपमा अबैध छैन, अनुमति लिएपछि खेती गर्नपनि पाइन्छ र मन्दिरमा चढाउन पनि पाइन्छ, तर हामीलाई फिल्मको नाम राख्न किन दिइएको छैन, अचम्म लाग्छ”, फिल्मका निर्देशक गणेश देव पाण्डेले भने । पाण्डेले बिगत ६ महिना देखी अदालतसम्म पुगेर लडिरहेको र आँफु सहि भएकोले लडिरहने बताए ।
ganesh dev pandy and dipendra regmiफिल्मका निर्माता दिपेन्द्र रेग्मीले पनि एउटा बनस्पतीको नामलाई लिएर फिल्म बनाउँदा पनि यति ठुलो दुख दिने काम भईरहेको भन्दै बताए । अनुमति लिएपछि प्रयोग गर्न पाइने गाँजा नामको लागी मात्र पछि लागी बिषय बस्तु के उठाइएको छ त्यो बुझ्न नखोजीएको उनको भनाई छ । “बाहिरैबाट कालो देखेपछि त्यो कालो नै हो भनिन्छ, साँच्चै नै भित्री कुरा के छ त्यो बुझ्न खोजिदैन, दुख लाग्छ”, निर्माता रेग्मीले भने ।
IMG_9384त्यस्तै फिल्मका कलाकार निश्चल बस्नेतले पनि गाँजाबाजा नामलाई रोकेर राम्रो काम नभएको बताएका थिए । अहिलेको समयमा पनि पुरानै शैलीका कुराहरु गरेर बस्नु उपयुक्र नहुनुको उनको भनाई थियो ।

केहि दिन अघि राजधानीमा पत्रकार सम्मेलन गरी गाँजाबाजा फिल्मको नामलाई लिएर विवादमा ल्याइएको बारे प्रष्टाइएको थियो । पत्रकार सम्मेलनमा बिभिन्न फिल्मकर्मिहरु, कानुन बिज्ञहरु लगायतकाको उपस्थिती थियो ।