गतबर्षको ‘ढाडे बिरालो’ जस्तै अर्को तिज गीत, ‘वानपिस लाएर हिडेऊ भने बिचबाटोमै खोल्दिन्छु’ (भिडियो)

...

असार २४, काठमाडौं । गतबर्ष ज्योती मगरलाई छोटो छोटा पहिरनमा नचाएको भन्दै बिवादमा र निर्क चर्चामा आएको ढाडे बिरालो नामक तिज गीतको प्रतिउत्तर दिने अर्को तिज गीत आएको छ । । गतबर्ष छोटो लुगा लगाउँदा बिवादमा आएको भन्दै अहिलेको गीतमा छोटा लुगा लगाए बिच बाटोमै खोलिदिन्छु भन्ने शब्दका साथमा यो गीत तयार भएको छ ।
new teej song prakash katuwal shankar bc

निर्देशक शंकर बिसीले निर्देशन गरेको यस गीतमा गतबर्षकै ढाडे बिरालो टिमनै रहेको छ । गायक प्रकाश कटुवाल, गायिका श्री देवी देवकोटा, शब्द लेखक बिनोद ढकालको यो टिमले यसबर्षपनि करिब करिब गतबर्षकै गित जस्तै तिज गीत बजारमा ल्याएको हो ।
यस गीतको भिडियो हेर्नुस् ।

के भन्छन् निर्देशक शंकर बिसी ?
गतबर्षको ढाडे बिरालो गीतको भिडियो जस्तै बनाउन लाग्नु भएको त हैन भन्ने हाम्रो प्रश्नमा शंकर बिसीले यस्तो भन्छन् :

‘गतबर्षको र यसबर्षको गीत नै फरक भएपछि त्यस्तै हुने त कुरा भएन गतबर्ष के भयो भन्दा पनि यसबर्ष गीत निकै राम्रो बनेको छ । संस्कृतिलाई झल्काउने गीत हो अहिलेको । छोटो कपडा, वान पिस लगाएर हिडयो भने बिचबाटो मै खोलिदिन्छु भनेर सजक बनाउन खोजिएको छ । भिडियोमा कमेडी सहितको नृत्य छ निकै रमाइलो बनेको छ ।’

आर्टिस्ट खबर डटकमले तयार पारेको सुटिङ रिपोर्ट तलको भिडियोमा हेर्नुस ।

 के भन्छन् गायक प्रकाश कटुवाल र गायिका श्री देवी देवकोटा ?
गीतमा संस्कृतिका कुरा जोडिएको र समाजमा छोटा पहिरन लगाएर हिडनेहरुलाई सर्तकता दिन खोजिएको गायक प्रकाश कटुवाल बताउँछन । तपाईका प्राय गीतहरु बिवादमा आउँछन नि भन्ने हाम्रो प्रश्नमा उनले, आफनो गीत विवादमा आउने भन्दा पनि ल्याइने गरेको बताउँछन । दर्शकले निकै रुचाइदिने र युटुवमा अत्यधिक हेरीने भएकाले पनि सर्जक मध्यकाले नै इश्या गर्ने भएकोले विवादमा आउने गरेको बताए ।

त्यस्तै गायिका श्री देवी देवकोटाले पनि गतबर्षको गीतको लागी यो उत्तर भएको बताइन । गतबर्षकोे ढाडेबिरालो गीतमा छोटा लगाएर नाचीएको थियो भने अहिले छोटा लगाउँदा बिच बाटोमै खोलिदिने कुरा जोडिएको बताइन ।

के भन्छन् शब्द लेखक बिनोद ढकाल ?
गीतका मुख्य सर्जक अर्थात शब्द लेखक बिनोद ढकालसँग पनि हामीले कुरा गर्ने प्रयास गरयौं । बिनोद ढकालले लेखेका गीतका शब्द प्राय चर्चामा आउने र विवादमा पनि आउछन नि भन्ने हाम्रो तर्कमा उनी भन्छन, ‘म अरुले भन्दा केहि फरक प्याटनको गीत लेख्ने गर्छु, दर्शक तथा स्रोताले के खोज्नु भएको छ, अहिलेको माग के छ त्यसमा निर्भर भएर लेख्ने गरेको छु, मलाई लाग्दैन कि मैले समाजमै नपच्ने शब्द लेखेको छु ।’