जेठ, काठमाडौं । अभिनेत्री सन्नि लियोन पछिल्लो समय तनावमा रहेकी छिन् । उनले बितेका दिनमा गरेका कार्यहरुले उनलाई दिनप्रति दिन पोलिरहेको छ । पुर्व पोर्न स्टार रहेकी सन्नि पछिल्लो समय बलिउडमा जम्ने क्रममा थिइन् तर उनका बितेका कामहरुले उनलाई पछ्छाईरहँदा उनलाई बलिउडमा टिक्न गाह्रो बनाईरहेको छ । केहि संघ संस्थाहरुले समाजमा नराम्रो असर पर्ने काम गरेको कारण भारतबाट निकाल्नु पर्ने माग समेत गरेका थिए ।
किन हुन सक्छ सन्निलाई जेल ?
अभिनेत्री सन्नि लियोनलाई अश्लिल सामाग्रि भएको वेवेसाईट चलाएको आरोपमा बिभिन्न मुद्धाहरु परीरहेका छन् । सन्नीले समाजमै नपच्ने खालका सामाग्रि भएको साईट चलाएर र युवा तथा बालबालिकाहरुमा नराम्रो असर पर्ने काम गरेको बिभिन्न तरिकाबाट आरोप आईरहेका छन् । भारतको हिन्दु जनजागृति समितिले त्यस्ता सामाग्रीले समाजमा नराम्रो सन्देश फैलाउने भन्दै उनलाई देश निकाला गर्नको लागि माग समेत गरेको थियो ।
सन्निका बिरुद्धमा यो केश अजंली पालनको सिकायतमा दर्ता गरिएको थियो । अजंलीको भनाई छ उनले ईन्टरनेट चलाउँने क्रममा सन्नि लियोनका कैयौ अश्लिल फाटो र पोष्ट भेटिन् । यति मात्र नभएर उनले सन्नि लियोनको वेवसाईटमा अश्लील सामाग्री पनि फेला पारिन् । उनले आफ्नो सिकायतमा भनेकी छन् यस्तो खालको सामाग्रीले ठुला व्यक्ती लगाएत खासगरी बच्चाको दिमागमा नराम्रो असर पुर्याउँछ ।
उनका विरुद्ध सेक्सन तीन तथा ईन्डियन पेनल कोडको धारा २९२, २९२ ए, २९४ तथा ३४ अन्तरगत मुद्दा दर्ता गरिएको छ। यदि सन्नि यो मुद्धामा दोषि ठहरीईन भने ५ बर्ष जेल सजाय हुनेछ ।