‘नाई नभन्नु ल ४’ टिमबाट एचआइभी पीडित बालबालिकाहरुलाई १ लाख सहयोग

...

असार, काठमाडौं । चलचित्र ‘नाई नभन्नु ल ४’ टिमले किर्तिपुरमा रहेका एचआइभी पीडित बालबालिकाहरुलाई नगद १ लाख सहयोग गरेको छ । यस टिमले किर्तिपुरमा रहेको बेबी लाइफ होमलाई हङकङ ठकुरी समाजले हङकङमा आयोजना गरेको शोबाट उठेको रकम सहयोग प्रदान गरेको हो ।

nai-navannu-la-4-help
रकमसँगै निर्माणपक्षले बालबालिकालाई खाद्यान्न तथा लत्ताकपडा पनि उपलब्ध गराएको थियो ।

रकम प्रदान गर्नका लागि निर्देशक विकास आचार्य, कलाकार विजय लामा, निर्देशक मुस्कान ढकाल, कलाकारहरु पल शाह, आँचल शर्मा, गायक हेमन्त शर्मा, गायक नरहरी प्रेमी, गायिका रजिन रिमाल किर्तिपुर पुगेका थिए ।