अभिनेत्री सृजना बस्नेतको निर्माण र निर्देशनमा ‘गुड लक’

...

असार, काठमाडौं । अभिनेत्री सृजना बस्नेतले फिल्म ‘गुड लक’ निर्माण गरेकी छिन् । सृजनाले आफैले निर्माण र निर्देशन गरेको यस फिल्म साउन १४ गतेदेखि प्रदर्शनमा आउँदै छ ।

good luck srijana basnet
राजधानीमा मंगलबार प्रेसमिट गरी फिल्मको बारेमा जानकारी दिइएको थियो । फिल्म कमेडी र सेन्टीमेन्टरमा बनेको निर्देशक बस्नेतले बताउँछिन् ।


‘गुड लक’ मा सृजना सहित नव नायक नवराज श्रेष्ठ, कलाकारहरु रविन्द्र खड्का, रश्मी भट्ट लगायतको अभिनय रहेको छ । प्रकाश पुरीको लेखन रहेको फिल्मम रामेश्वर कार्कीको छायाँकन रहेको छ भने संगीत चेतन सापकोटाले दिएका छन् । फिल्ममा मुख्य सहायक निर्देशक मुस्कान ढकाल रहेका छन् । विराज गहतराज र शंकर विसीको कोरियोग्राफी रहेको फिल्मलाई वनिश शाहले सम्पादन गरेका हुन् ।