‘झुल्केको घाम’ वाट रीमाको पुनरागमन

...

काठमाडौं । विवाहपछि फिल्म क्षेत्रबाट टाढिदै आएका अभिनेत्रीहरु माझ उदाहरण बन्दै झुल्केको घाम’ वाट अभिनेत्री रीमा विश्वकर्माले पुनरागमन गरेकी छिन् । बेलायतमा बस्दै आएका प्रेमीसँग बिबाह गरेकी रिमा केहि समयपछि नै म्युजिक भिडियोमा देखिएकी छिन् । उनी गायक अशोक मुकारुङको ‘झुल्केको घाम’ बोलको गीतमा देखा परेकी हुन् ।

मोडल योगेन्द्र राईले। विज्ञान राईले सो गीतको भिडियो निर्देशन गरेका हुन्। भिडियोमा रीमा र योगेन्द्रको प्रेम र विछोडको कथालाई देखाउन खोजिएको छ। यसमा वसन्त मुकारुङको संगीत र गौरव गुरुङले शब्द छ। भिडियोको सम्पादन पनि निर्देशक राईले नै गरेका हुन्।