चलचित्र ‘नमस्ते नेपाल’ प्रदर्शनमा

...

काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबार बाट देशका मुख्य मुख्य सिनेमा घर बाट चलचित्र ‘नमस्ते नेपाल’ प्रदर्शनमा आएको छ । चलचित्र ‘नमस्ते नेपाल’लाई राजु शाहले निर्देशन गरेका हुन् । चलचित्रमा सविन श्रेष्ठ, अनुजा प्रधान, आना(बेल्जियम), श्याम श्रेष्ठ, गोपाल ढकाल, अडि(बेल्जियम), जर्ज(बेल्जियम),सनम कुमार वैरागी, कमला दाहाल, नरेन्द्र थापा, पार्वती अधिकारी लगायतको मुख्य भूमिका रहेको छ ।

द्वारिका उदय प्रोडक्सन प्रा.लिको प्रस्तुतीमा चलचित्रलाई प्रदिप कुमार उदय, मन्दिरा श्रेष्ठ र श्रीजु शाहको लगानीमा निर्माण गरिएको हो ।निर्देशक शाह र गोपाल ढकाल ‘छन्दे’ को पटकथा एंव संवाद रहेको फिल्ममा बसन्त सापकोटा, ओम सुनार र रियाज सिवाकोटीको संगीत रहेको छ । फिल्मलाई दिव्यराज सुवेदीले खिचेका हुन् । “नमस्ते नेपाल”को छायाकंन यूरोपका फ्रान्स , बेल्जियम , जर्मनी सहित विभिन्न देशमा गरिएको थियो ।