‘पुरानो डुङ्गा’को टिजर सार्वजनिक (भिडियो सहित)

...

काठमाडौं । चलचित्र ‘पुरानो डुङ्गा’को टिजर सार्वजनिक भएको छ । मंसिर १० गतेलाई प्रदर्शन मिति तोकिएको रामबाबु गुरुङद्वारा निर्देशिन चलचित्रको टिजर सार्वजनि भएको हो । चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, माओत्से गुरुङ र मेनुका प्रधान मुख्य भूमिकामा छन् ।

शैलेन्द्र डी कार्कीको छायांकन, निमेश श्रेष्ठको सम्पादन, कालीप्रसाद बास्कोटाको संगीत रहेको यो चलचित्रका कार्यकारी निर्माता माओत्से गुरुङ, मणीराम पोख्रेल र बाल्मिकी पोख्रेल हुन् । रौनक विक्रम कँडेल, ओम चन्द रौनियार, धनवहादुर गुरुङ र प्रकाश गुरुङ निर्माता रहेको चलचित्रमा अर्जुन कार्की सह-निर्माता छन् ।