साउन, काठमाडौं । बिगत लामो समय देखी गीत संगीत क्षेत्रमा सक्रिए गायक राम बहादुर बाडेको तिन एल्बम बजारमा ल्याएका छन् । आज राजधानीका एक कार्यक्रमका बिच भजन सहितको तिन वटै एल्बमको बिमोचन गरिएको हो ।
राजधानीको नयाँ बानेश्वर स्थित अर्याल होटलमा तोकिएको समय भन्दा करिब डेढ घण्टा ढिलो सुरु भएको सो कार्यक्रममा प्रमुख अतिथि पुर्व प्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई रहने कार्यक्रम भएता पनि बिशेष कारण बस नेता भट्टराई आउन नभ्याएको कारणले नयाँ शक्ति नेपालका बरिष्ठ नेता देवेन्द्र पौडेल प्रमुख अतिथिमा रहि एल्बमको बिमोचन गरे ।
–
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले नेपाल संस्कृतिको धनि देश भएको र संस्कृतिलाई झल्काउने यस्ता गीत ल्याएकोमा शुभकामना र यस्ता गीत अझै धेरै ल्याउनु पर्ने बताए । नेता पौडेलले दुई ठुला देश बिचको हाम्रो सानो देश अन्य कुरामा गरिब भएता पनि संस्कृतिक परम्पराले उच्च धनी रहेको र यहि देशमा ठुला प्रतिभाहरु रहेको भन्दै प्रतिभाहरुबाट आफ्ना यस्ता रचनाहरु निकालिरहन शुभकामना दिए ।
कार्यक्रमका सभापति तथा गायक राम बहादुर बोडेले आफुले गाएका गीतहरु यसरी बिमोचन गर्न पाउँनु आफु भाग्यमानी भएको उपस्थित सम्पुर्णलाई धन्यवाद दिए । संगीतकार अष्ट लामाको संगीतमा रहेका गीतहरुमा आफुले सक्दो राम्रो बनाएको उनले बताए । साथै कार्यक्रममा उपस्थितहरुले गीत राम्रो भएको भन्दै शुभकामना दिएका थिए ।
सार्वजनिक गीतहरुमा संगीतकार अष्ट लामाले संगीत भरेका छन् भने आधुनिक गीतको भिडियोलाई रमेश पोख्रेलले निर्देशन गरेका छन् । सार्वजनिक आधुनिक गीतमा अतिथि गायिकाको रुपमा अन्जु पन्तले स्वर दिएकी छिन् ।
सार्वजनिक आधुनिक गीत तलको भिडियोमा हेर्न सक्नुहुनेछ







२ श्रावण २०७३, आईतवार ०९:२२ 








