प्रियंका चोपडाको आज जन्मदिन, जान्नुस् उनीबारे केहि खास कुरा

...

साउन, काठमाडौं । भारतीय चर्चित अभिनेत्री प्रियंका चोपडाले आज आफ्नो जन्म दिन मनाउँदै छिन् । आजबाट ३४ बर्षकी भएकी प्रियंका यतिखेरकी बलिउड मात्र नभएर हलिउडकी पनि चर्चित अभिनेत्री भईसकेकी छिन् । सन् १९८२ मा जन्मिएकी प्रियंका आफ्नो कुशल अभिनय र सौन्दर्यताले गर्दा आजसम्म दर्शकको माया पाइरहेकी छिन् ।
priyanka chopada - artist khabar

प्रियंकाको जन्मदिनको अवसरमा प्रियंकासँग जोडिएका केहि खास कुरा जान्नुहोस् ।
– १३ बर्षकी हुँदा प्रियंका अमेरीका करिब ३ बर्ष बसेकी थिइन् । उनले त्यो बेलामा स्कुल पनि पढेकी थिइन् ।
– अमेरीकामा ३ बर्ष बसेपछि उनी भारत फर्किएकी हुन् । भारत आएर उनले आर्मि पब्लिक स्कुलमा पनि पढेकी थिइन् ।
– प्रियंका अमेरीकामा मिस इंडियाकी दोस्रो बिजेता हुन् ।
– प्रियंकाले मिस वर्डको ताज पनि जितेकी हुन् । यो सम्मान पाउनेमा उनी पाँचौं भारतीयमा पर्दछिन् ।
– प्रियंकाले आफ्ना पितालाई सन् २०१३ मा गुमाउनु पर्यो ।
priyanka chopada - artist khabar– सन् २००२ मा तमिल फिल्म ‘थमिजहन’ बाट अभिनयको सुरुवात गरेकी हुन् ।
– सन् २००३ मा उनले ‘द हिरो’ सँगै बलिउडमा आफ्नो छाप पारेकी थिइन् ।
– प्रियंकाले सर्वश्रेष्ठ अभिनेत्रीमा राष्ट्रीय फिल्म पुरस्कार र चार श्रेणीको फिल्मफेयर पुरस्कार समेत पुरस्कार पाएकी छिन् ।

priyanka– प्रियंका सन् २०१० मा चाइल्ड राइट्स का लागी यूनिसेफको ‘गुडविल अम्बैसडर’ मा नियुक्त भइन् ।
– प्रियंका हालै अमेरीकी राष्ट्रपति बाराम ओबाको स्वागतमा बार्षिक ह्वाईट हाउस ‘कॉरेस्पोंडेंट्स डिनर’मा सहभागी भईन् ।

priyanka-obama