साउन, काठमाडौं । निर्देशक अराज केशवले गिनिज बुकमा नाम लेखाउने उद्देश्यको साथमा ‘जालो र जालो रिटर्न्स’ एकसाथ बनाउने तयारीमा छन् ।अराज ले क्यामेरा अन भएपछि एकैचोटी कट हुने र एकैपटकमा चलचित्रको छायांकन सकिने बताउदै सोमबार एक समारोहका बिच फिल्म ‘जालो’ र ‘जालो रिटर्न्स’को निर्माण घोषणा गर्नु भएको छ। यि दुवै फिल्म एकसाथ खिचिने र पूरै दृश्य खिचिसकेपछि फिल्मलाई ‘जालो’ र ‘जालो रिटर्न्स’मा तयार पारिने बताइएको छ। फिल्म निरन्तर चार घण्टा सुटिङ् गरेर सकिने छ,
यि दुई चलचित्रमा अनुपविक्रम शाही, आशिफ शाह, भानु प्रताप, मेनुका प्रधान, बर्षा सिवाकोटी, प्रकाश श्रेष्ठ, मुक्ताराम आचार्य, भिष्म जोशी आदिको मुख्य भूमिका रहने बताइएको छ भने संगीतकार मोहित मुनालले नै दुबै फिल्म निर्माण गर्न लागेका छन।
–
कमेडी, सस्पेन्स र थ्रिलर जनरामा तयार हुन लागेको चलचित्रमा हरी लामाको छायांकन रहनेछ्।विश्वमै पहिलो पटक एकै सटमा २ चलचित्र खिचेर तयार गर्दै गिनिज बुकमा नाम लेखाउने सोच आफूहरुको भएको निर्माता मुनालले बताएका छन्। ।