यस्तो रह्यो हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठको जन्मदिन

...

बैशाख, काठमाडौं । देशकै प्रतिष्ठित र आदर्श जोडी महका मदनकृष्ण श्रेष्ठले मंगलबार आफ्नो ६४ औं जन्मदिन मनाउनु भएको छ । निकै लामो समय हाँस्यव्यंग्य क्षेत्रमा सक्रिय श्रेष्ठ ले आज रेडियो अडियोको प्रांगणमा थुप्रै हाँस्य कलाकारहरुको साथमा आफ्नो जन्मदिन मनाउनु भएको हो । साथमा महका हरिवंश आचार्य पनि सँगै हुनुहुन्थ्यो ।

birth day celebration madan krishna (10)

कार्यक्रममा अन्य थुप्रै हाँस्य कलाकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै मह जोडिका हरिवंश आचार्यले मदनदाई को १६४ बर्षको आयु छ आज त बल्ल ६४ बर्ष मनाएका छौं अझै १०० बर्ष त बाँकी नै छ भन्दै हाँसोमा हाँसो थपेका थिए । साथै उनले मदनकृष्ण दाईमा भएको सानो रोगपनि आजैका दिनमा फ्याक्छौं हराएर जानेछ भनेर शुभकामना दिएका थिए । साथै हाँस्य कलाकार मनोज गजुरेलले पनि नेपालकै आर्दश मह जोडिबाट अन्य कलाकारहरुले सिक्नुपर्ने धेरै कुरारहेको साथै नेपालमा एउटा मह घरको स्थापना पनि गर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।

birth day celebration madan krishna (9)

साथै तितोसत्यकी कलाकार दिपाश्री निरौलाले तितोसत्य टिमको तर्फ बाट मदनकृष्ण श्रेष्ठलाई हाँस उपचार दिएर शुभकामना दिएकी थिइन् । साथमा जिरे खुर्सानी, मेरी बास्सै, भद्रगोल लगायतका टेलिश्रृंखलाका टिमका कलाकारहरुले पनि शुभकामना व्यक्त गरेका थिए ।

– photo by unn