‘चार धाम घुमी आए भन्छौ’ मा नाचिन् निता ढुंगाना

...

बैशाख, काठमाडौं । नव गायक रेवत राईले नयाँ वर्षको अवसर पारेर आफ्नो नयाँ गीतको भिडियो छायाँकन गराएका छन् । आफ्नो पहिलो एल्बम ‘इमर्ज’ मा समावेश ‘चार धाम घुमी आए भन्छौ’ बोलको गीतको भिडियो छायांकन गराएका हुन् । दिनेश डिसिको निर्देशनमा सो गीत छायाङ्कन राजधानीस्थित गोठाटारको कृष्णमन्दिर, जोरपाटीको शिवमन्दिर र पशुपतिनाथस्थित गुहेश्वरी आसपास भिडियोको छायांकन भएको हो । उक्त गीतमा नायिका निता ढुंगाना र अनुप योङचारको अभिनय रहेको छन् ।

Nita Dhungana

विरेन्द्र राईको शब्द रहेको यो गीतमा सुरेश अधिकारीले संगीत भरेका छन् । गीतबाट राम्रो प्रतिक्रिया मिलेपछि भिडियो बनाएको गायक राईले बताए । उनले आउने जेठसम्ममा भिडियो रिलिज गरिसक्ने बताए ।

गायक राईले यसअघि ‘इमर्ज’ एल्बममै समावेश ‘लाहुेर दाई’ बोलको गीतको भिडियो सार्वजनिक गरिसकेका छन् । साउथ कोरिया र हङकङको कार्यक्रममा समेत सहभागिता जनाइसकेका उनी दोश्रो एल्बम ल्याउने तयारीमा समेत जुटेका छन।