‘सुल्तान’को नयाँ रेकर्ड राख्दै ५ सय करोड कलेक्सन, अब यी ३ फिल्मलाई जित्न बाँकी

...

साउन, काठमाडौं । बलिउड अभिनेता सलमान खान अभिनित फिल्म ‘सुल्तान’ ले नयाँ रेकर्ड बनाएको छ । भारतकै कुरा गर्दा फिल्म प्रदर्शन भएको ११ दिनमै २५० करोड कमाएर नयाँ रेकर्ड राखेको छ । सुल्तानले अहिलेसम्मको कलेक्सनको कुरा गर्दा ५१० करोड कलेक्सन गरीसकेको छ । यो अहिले सम्मकै धेरै कलेक्सन गर्ने मध्ये चौथौ फिल्ममा पर्छ ।
salman khan in sultan movie

‘सुल्तान’को १३ दिनसम्मको कलेक्सन यसप्रकार रहेको छ (करोडमा):
पहिलो दिनः ३६.५४
दोस्रो दिनः ३७.३२
तेस्रो दिनः ३१.६७
चौथौ दिनः ३६.६२
पाँचौ दिनः ३८.२१
छैठौं दिनः १५.५४
सातौं दिनः १२.९२
आठौं दिनः १०.८२
नौंवौ दिनः ९.५२
दशौं दिनः ७.४३
एघारौं दिनः ११.४६
बाह्रौ दिनः १५.१८
तिह्रौ दिनः ४.०८


‘सुल्तान’को अहिलेसम्मको वर्डवाइड कलेक्सन ५१०.५६ करोड पुगेको छ । यसभन्दा अघि ‘सुल्तान’ले भन्दा बढी कमाएका फिल्म तिन वटा छन् । अब सुल्तानले बलिउडकै फिल्महरुको बढी कमाउने फिल्मको इतिहास राख्नका लागी तिन वटा फिल्मलाई पछि पार्नु पर्ने देखिन्छ ।

salman khan sultanयसभन्दा अघि ‘धुम ३’ ले ५४१ करोड कलेक्सन गरेको थियो । त्यस्तै ‘बजरंगी भाईजान’ले ६२६ करोड र अहिलेसम्म बलिउडमा धेरै कमाउने फिल्म ‘पिके’ले ७९२ करोड कलेक्सन गरेको थियो । अब ‘सुल्तान’ बलिउडको सबैभन्दा बढी कमाउने फिल्म बन्नका लागी ‘पिके’लाई जित्नुपर्ने हुन्छ जसका लागी २८२ करोड कमाउनुपर्ने देखिन्छ ।

sultan movie - salman khanसुल्तानले पहिलो ७ दिनमा २०० करोड कमाएर पहिलो रेकर्ड राखेको थियो जसमा यो भन्दा अघि धेरै कमाउने फिल्महरु ‘बजरंगी भाईजान’ र ‘धुम ३’ ले पनि २०० करोड कमाउनका लागी ९ दिन लगाएका थिए ।
salman khan in sultan