साउन, काठमाडौं । प्रणय गजलकारका रुपमा चर्चा कमाएका प्रकट पंगेनी ‘शिव’ केहि वर्षको अन्तरालमा एकाएक मण्डला नाटकघरमा प्रकट भए । राजधानीमा भएको गजल साँझमा उनले पटक पटक अन्नाको चर्चा गरे । उनले वाचन गरेका अधिकाँस गजलमा अन्नालाई सम्बोधन गरिनुका साथै उत्तिकै प्रशंसा गरे । खासमा को हुन् त अन्ना ? उनी भन्छन्, “अन्ना मेरीे प्रेमिका हुन् ।
कुरो पोखराको लुम्लेमा कृषि केन्द्रमा काम गर्दाको हो । मलाई मन पर्ने समय साझँको बेला झमझम झरी परिरहेको समयमा एक युवती आइन् । उनलाई मैले पहिलो भेटमै असाध्यै मनपराएँ । उनले पनि मलाई मनपराइन् । तर, मैले उनीसंग भावानात्मक सम्बन्ध बाहेक केही राखिन ।
–
उनको वास्तविक नाम अर्कै हो तर म उनलाई अन्ना भन्छु” आफ्नो प्रेमकथा उत्सुकताका साथ सुनाए । उनी फेरि थप्छन, “तपाईले सोध्नुहोला किन विहे नगरेको भनेर । किनकी मैले इन्दु संग मागी विवाह गरी सकेको थिएँ नि त ।” त्यसो भए किन उनैको नाममा यत्रो सिर्जना? इन्दु भाउजुको नाममा चाहिं खोइ त ? भन्ने प्रश्नमा हाँस्दै प्रकट थप्छन, “ऊ प्रति प्रेमकै तिर्खा लागिरहँदो रहेछ ।