कलाकारहरुले आफुले पनि टिकट काटेर हेरे ‘६ एकान ६’

...

जेठ,काठमाडौं । भुकम्प पिडितहरुको सहयोगार्थ डेढ बर्ष पछि पुनः प्रदर्शनमा आएको चलचित्र ६ एकान ६ हेर्न कलाकारहरुले पनि टिकट काटेर चलचित्र हेरेका छन् । जेठ १५ गतेबाट प्रदर्शनमा आएको चलचित्रको पहिलो दिन  दर्शकहरुको उपस्थिती सन्तोषजनक देखियो । राजधानीको कुमारीहल मा टिकट काट्न लाईनमा बसेका कलाकारहरुले एक पटक पुन सबैले हेरेर भुकम्प पिडितहरुलाई सहयोग गर्न आग्रह समेत गरेका थिए ।

artist in Film hall ' kumari hall '

चलचित्रका ६ जना नायकहरु टिकट काट्न लाईनमा बसेको देख्दा नायिका निता ढुंगाना भने देखिईनन् । नायिका ढुंगाना र निर्देशक दिनेश डि.सी. भने पहिलो दिनको बिशेष शो मा देखिएनन् । निर्माता दिपकराज गिरीका अनुसार ६ एकान ६ एकपटक हेर्नु भएको भए पनि फेरी हेरेर भुकम्प पिडितहरुलाई मनै बाट सहयोग गर्न आग्रह गरे । राजधानीका अन्य हलहरुमा पनि दर्शकको संख्या सन्तोषजनक रहेको बताईएको छ ।

Deepak raj giri and deepa shree niraula

kalakar haru kumari hall ma

Jitu Nepal ' mundre '

kalakar haru film herdai

photo credit: mazzako online