बाबु बोगटीको सारंगीको तार कसले छिनायो ? (भिडियो)

...

साउन, काठमाडौं । चर्चित गायक बाबु बोगटीको सारंगीको तार कसले छिनायो ? अनि उनको मादलको तार कसले छिनायो ?
babu bogatiप्रसंग हो गायक बाबु बोगटीको नयाँ गीत को । ‘बज्दैन मुचुँगा’ बोलको गीतमा उनले आफ्नो सारंगी र मादलको तार छिनाइएको कुरा गरेका छन् । नेपाली बाजाहरुको बिषयलाई लिएर बनाइएको यस गीतमा नेपाली पन झल्किएको देखिन्छ । प्राय बाबु बोगटीका गीतहरुमा एक किसिमको नेपाली पन फल्किएकै पाइन्छ ।

तुल्सी इन्टरटेन्मेन्टको प्रस्तुतीमा रहेको सार्वजनिक यस गीतमा टंक बिकल्पले शब्द भरेका छन् भने बाबु बोगटीले नै संगीत भरेका छन् । भिडियोलाई अर्जुन अधिकारीले निर्देशन गरेका हुन् भने बाबु र बिपनाको अभिनय रहेको छ ।