‘द ओरियन फेसन शो २०१६’ हुने, देखिनेछन् स्वेतादेखि नीतासम्मका मोडलहरु

...

साउन, काठमाडौं । ओरियल बुटिकले ‘द ओरियन फेसन शो २०१६’ आयोजना हुने भएको छ । आउँदो भदौ १० गते सो फेसन शो हुने एक पत्रकार भेटघाट कार्यक्रम गरी बताइएको छ । यस फेसन शो बिगत ११ वर्षदेखि सञ्चालन हुँदै आएको छ ।
fashion-showउक्त फेसन शोमा १८ जना व्यवसायिक मोडलहरुले क्याटवाक गर्नेछन् । फेसन शोबाट संकलित रकम डाउन सिन्ड्रम सोसाइटी अफ नेपाल, बर्न भ्वाइलेन्ट सर्भाइभर्स नेपाल तथा बेबी लाइफ होमलाई प्रदान गरिने आयोजक संस्थाकी प्रमुख निलम शाही ठकुरीले बताएकी छिन् । कार्यक्रम आर्मी अफिसर्स क्लबमा हुनेछ ।

आश्विनी झाले कोरियोग्राफी गर्ने फेसन शोमा नायिकाहरु श्वेता खड्का, नीता ढुंगाना, अशिष्मा नकर्मी र मोडल सम्पदा बाँनियाले क्याटवाक गर्नेछन् । फेसन शोमा ओरियल बुटिकका पहिरनहरु प्रदर्शन गरिनेछ ।

कोरियोग्राफर झाले फेसन शोमा डाउन सिन्ड्रम सोसाइटी अफ नेपालका बालबालिका तथा किशोर(किशोरी, बेबी लाइफ होममा आश्रति एचआईभी पिडित बालबालिका तथा बर्न भ्वाइलेन्ट सर्भाइभर्समा रहेका महिलाहरुले समेत पहिरन प्रदर्शन गर्ने बताए ।