हेर्नुस् यस्ता तिज गीतपनि आउन छाडेका छैनन्, रत्न बानियाको ‘सासु बुहारीको जुहारी २’ (भिडियो)

...

साउन, काठमाडौं । पछिल्लो समय तिज गीतमा उश्रृंखल शब्दहरु मिसिए भनिरहँदा बजारमा लोकसंस्कृतिलाई झल्काउने गीतहरु पनि आएका छन् । तिजमा नेपाली नारीहरुको बेदना समेटिएको गीत हुनुपर्छ भन्ने भाव बोकेको गीत ‘सासु बुहारीको जुहारी २’ मा देखिएको छ । तिजमा बुहारी माईत जाँदा सासुसँग गरीने कुरा र झगडाहरुलाई यस तिज गीतमा देखाइएको छ । जसमा राम्रो सन्देश दिन खोजिएको छ ।

ratna baniya new songरत्न बायिनाको शब्द तथा स्वरमा रहेको यस गीतमा बानियाको साथमा कुमारी चेपांग, अजित भट्ट र सिर्जना पाण्डेको स्वर रहेको छ । भिडियोलाई पनि रत्न बानियाले नै निर्देशन गरेका छन् । भिडियोमा रत्न बायिना, गोमा बिष्ट, चन्द्र लामा, निरु बुढा मगरको अभिनय रहेको छ । भिडियोलाई सागर गौतमले खिचेका हुन् ।


गतबर्ष पनि ‘सासु बुहारीको जुहारी’ गीत निकालेका बानियाले यसबर्ष त्यसै एल्बमको भाग २ निकालेका हुन् । अहिलेको यस गीतमा पनि गतबर्षको जस्तै सासु र बुहारीको जुहारी देखाइएको छ । देश बिदेशमा रहेका नेपालीहरु जसले नेपाली कला संस्कृतिलाई धेरै माया गर्दछन् उनीहरुले यस किसिमको गीत धेरै मन पराउनेमा बायिना बिश्वस्त देखिन्छन् । भिडियोमा प्रतिक्रिया पनि सकारात्मक आएको देखिन्छ ।