राजु परियार र राधा तिवारीको तिज गीतको छायांकनस्थलमा पुग्दा (फोटो फिचर)

...

साउन, काठमाडौं । नारीहरुको महान चाड हरितालिका तिज नजिकिँदै गर्दा यतिखेर बिभिन्न मठमन्दिर, पार्टि प्यालेसहरुमा प्रायजसो तिजगीतको छायांकन भईरहेका छन् । शनिबार चर्चित गायक राजु परियारको स्वरमा रहेको एक तिज गीत छायांकन भइरहेको थियो । काठमाडौंको बसुन्धरास्थित गोधुली फुडल्याण्डमा आर्टिस्ट खबर डटकमको टिम पुग्दा छायांकन युनिट निकै ब्यस्त देखिन्थ्यो । जहाँ चर्चित गायक राजु परियार र चर्चित मोडल सुस्मा कार्कीलाई पनि सँगै भेट्यौं ।
singer raju pariyar and radha tiwari teej song‘छमछमी’ बोलेको तिज गीतमा राजु परियारको साथमा गायिका राधा तिवारीको स्वर रहेको छ । यस बर्षको तिजमा अन्य गीतमा खासै स्वर नदिएका राजुले आफुलाई यस गीत निकै मनपरेकोले स्वर दिएको बताए । पछिल्लो समय गीतमा पनि बिकृती आउन थालेकोले गीत छानेर गाउनु परेको उनको भनाई थियो ।
singer raju pariyar and radha tiwari teej songतिजमा लगाईने ‘पोते’, ‘तिलहरी’, ‘सारी’ लगायतका शब्द राखेर बनाइएको यस गीतले तिजको झल्को मेटाउने र संस्कृति जोगाउने कुरा गरेको गायिका राधा तिवारीको भनाई छ । पछिल्लो समय तिज गीत भनेर भल्गर शब्द राखिएकोमा गायिका तिवारीपनि यस्ता कुरामा असहमति जनाउने प्रतिक्रिया दिइन् ।

singer raju pariyar and radha tiwari teej songगीतमा अभिनय गरीरहेका मोडल राज क्षितिज र सुष्मा कार्कीले पनि गीत मन परेकोले अभिनय गरेको बताए । अन्य गीतमा प्राय छोटो लुगामा देखिने मोडल सुष्मा यस तिज गीतमा सारीमा देखिएकी छिन् ।

singer raju pariyar and radha tiwari teej songगीतमा संगीतकार नविन रावलले संगीत भरेका छन् भने भिडियोलाई राजेश तिमिल्सिनाले निर्देशन गरेका हुन र छायांकन श्रीकृष्ण फुँयालको रहेको छ ।  यसै साता भित्र भिडियो बजारमा आउने बताइएको छ ।
shree krishna phuyal - camera man

singer raju pariyar and radha tiwari teej song

singer raju pariyar and radha tiwari teej song

singer raju pariyar and radha tiwari teej song

singer raju pariyar and radha tiwari teej song

singer raju pariyar and radha tiwari teej song