भद्रगोलका बले र कक्रोजको आफ्नै स्वरमा यस्तो बन्यो ‘सोलमारी’ गीत (भिडियो)

...

साउन, काठमाडौं । हाँस्य टेलिश्रृंखला भद्रगोलमा सोलमारी जान्छु भनेर चर्चामा रहेका दुई कलाकार सागर लम्साल (बले) र हरि निरौला (कक्रोज) ले सोलमारी गीत ल्याएका छन् । सोलमारी जान्छु बोलको गीत गाउँदै उनीहरुले आफ्नो गायन यात्रा पनि सुरु गरेका छन् ।

solmari song of bale and kakrojसोलमारी जान्छु डबका हान्छु भन्ने जस्ता शब्दका साथमा बनाइएको रमाइलो गीतमा बले र कक्रोजको साथमा मोडल एलिशा राईलाई देखाइएको छ । गीतका शब्द हरि निरौला आफैँले लेखेका हुन् भने गीतको म्युजीक भिडियो पनि आफैले निर्देशन गरेका छन् ।

भिम बिसीको संगीत भरिदिएकाले कलाकारीता सँगै गीत गाउने रहर पनि पुरा गरेको उनीहरुले बताएका छन् ।सरोज ओलीको प्रस्तुती रहेको गीतको म्युजीक भिडियोलाई सुदिप बरालले खिचेका हुन् भने दिपक एम सिंहको कोरियोग्राफी, रञ्जन न्यौपानेको सम्पादन छ ।
sagar lamsal bale and hari niraula kakroj new song solmari

सोलमारी शब्दले समाजमा असर त पर्दैन ?
यस गीत रेकर्डको समयमा आर्टिस्ट खबर डटकमले एक बिशेष रिपोर्ट तयार पारेको थियो । त्यो समयमा सागर लम्सार र हरि निरौलासँग कुरा गर्ने क्रममा हामीले यसरी सोलमारी जान्छु डबका हान्छु भन्ने शब्दबाटै गीत गाउँदा समाजमा नकारात्मक असर पर्छ कि भनेर सोधेका थियौं, यस प्रश्नमा हरि र सागर भन्छन्, “अब हामीले गीतबाट सालमारी जानुस् डबका हान्नुस भन्न त खोजेका होइनौं । यो एउटा रमाइलो मात्र हो । गीतलाई गीतको रुपमा मात्र लिइदिनुहुन हामी अनुरोध गर्दछौं । किनकी हामीले भद्रगोलमा पनि यस्तै सम्बादबाट दर्शकहरुलाई मनोरञ्जन दिँदै आएका छौं र गीतमा पनि मात्र मनोरञ्जन दिन खोजिएको हो ।”
भिडियो हेर्नुस् ।

आर्टिस्ट खबरले तयार पारेको रेकर्ड रिपोर्ट तलको भिडियोमा हेर्न सक्नुहुनेछ ।