अनमोलको ‘कृ’ चलचित्रमा अदिती बुढाथोकी फाईनल

...

साउन, काठमाडौं । अभिनेता अनमोल केसीले आफ्नो नयाँ प्रोजेक्टमा नव नायिकासँग रोमान्स गर्ने भएका छन् । आफ्ना चलचित्रहरुमा नव नायिकासँग अभिनय गर्दै आएको अनमोल अब आउने ‘कृ’ चलचित्रमा पनि अदिती बुढाथोकीसँग देखिने भएका छन् । अदितीलाई अडिसनबाट फाईनल गरीएको हो ।

anmol kc and aditiनायिकाको छनौटको लागि आव्हान गरिएको अडिसनका लागि ३० जनाले निवेदन दिएका थिए । जसबाट १० जनालाई छानेर अडिसन लिइएको थियो । १० जनाको अडिसनबाट चलचित्रको मुख्य भूमिकामा मोडल अदिती वुढाथोकी फाइनल गरिएको निर्माणपक्षले जानकारी दिएको छ ।


नायिकाको लागि छनौट भएकी अदिती पछिल्लो समय निकैनै चर्चामा रहेकी मोडल हुन्। हालै मात्र भारतको चर्चित म्यूजिक कम्पनी सोनी म्यूजिकबाट बन्न लागेका ३ वटा म्यूजिक भिडियोमा काम गर्नका लागि संझौता गरिसकेकी अदितीको सामाजिक संजाल इन्स्ट्राग्राममा १ लाख भन्दा बढी फलोअर्स छन् ।


साथै भारतका चर्चित टेलिभिजनका कार्यक्रमका लागि पनि आफू छनोट भएको अदितीले बताएकी छिन् । झापा, दमककी अदिती हाल सिनामंगल बस्छिन् ।


सामाजिक संजालमा समेत राम्रो फ्यान कमाएकी यी सुन्दरीले विशेषगरि, चर्चित ब्रान्डका विज्ञापनमा मोडलिङ गरेकी छिन् । हाल, उनी बलिउड चलचित्रका लागि पनि तयारीमा छिन् । सुवास गिरी र भूवन केसीको निर्माणमा बन्ने चलचित्रको छायांकन माघबाट सुरु हुने निर्माता सुवास गिरीले जानकारी दिएका छन् ।

सुवास इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने चलचित्रलाई द सुपर काजोल फिल्मस्ले प्रस्तुत गर्नेछ । चलचित्रलाई चर्चित सम्पादक तथा चलचित्र ‘आभाष’ निर्देशन गरेका निर्देशक सुरेन्द्र पौडेलले निर्देशन गर्नेछन् ।