‘जय पर्शुराम’ प्रचार छाडेर अमेरीका लागिन् निशा, निर्माता र बिराज कस्सिदै

...

साउन, काठमाडौं । ‘जय पर्शुराम’  फिल्म यहि साउन २८ गतेबाट प्रदर्शनमा आउँदै छ । फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा प्रचारप्रसार तिब्र रुपमा हुनु जरुरी हुन्छ । यदि फिल्मको प्रमोशन नै राम्रो भएन भने फिल्म हेर्न दर्शकको संख्या निकै कम हुन सक्छ । यस्तैक्रममा जय पर्शुरामकी मुख्य कलाकार निशा अधिकारी भने फिल्मको प्रमोशनको बेलामा प्रमोशनलाई छाडेर अमेरीका तिर लागेकी छिन् ।
parsuram biraj bhatta and nisha adhikariफिल्ममा निशा अधिकारी र एक्सन अभिनेता बिराज भट्टको मुख्य भुमिका रहेको छ । निर्देशन तथा निर्माता रोज राणाको यस फिल्मको प्रमोशनमा एतिखेर रोज राणा र बिराट भट्टनै प्रमोशनमा लागी परीरहेर कस्सिरहेका छन् । निशा फग फिल्म फेस्टिभललाई प्राथमिकता दिँदै अमेरिका तिर लागेकी हुन् ।