जेठ, काठमाडौं । बैशाख ११ गते बाट देशभर एकैसाथ प्रदर्शन शुरु भएको चलचित्र ‘रेशम फिलिली’ले पहिलो दिनमै ७२ लाखको ठुलो ओपनिङ गर्यो । तर दोस्रो दिन गएको विनाशकारी भुकम्पले गर्दा रेशम फिलिलीलाई निकै ठुलो धक्का लाग्यो । त्यस पश्चात अनिश्चितकालिन समयका लागि बन्द भएका चलचित्रहरु अब एकाएक प्रदर्शन मिति तोक्ने क्रममा छन् । नेपालका अधिकांश हलहरु अहिले सम्म बन्द नै छन् । कति हलहरु चर्किएर बसेका छन् त कतिपय हरुहरु सुरक्षित नै छन् । तर अब पनि चलचित्र हेर्नका लागि दर्शक हलसम्म पुग्छन् पुग्दैनन् त्यो भने अझै अन्योलको बिषय भएको छ ।
भुकम्पले गर्दा आम दर्शकको मन अझै पनि त्रसित नै छ । चलचित्र को प्रदर्शनी समयसम्म हलभित्र आनन्द तरिकाले मनोरञ्जन लिनका लागि दर्शक बस्छन् बस्दैनन् त्यो निकै अन्योलको बिषय भएको छ । यतिबेला कतिपय हलहरुमा बिदेशी चलचित्रहरु लागिरहेका पनि छन् तर ति चलचित्रहरुमा दर्शकको संख्या निकै कम छ , यसले पनि नेपाली चलचित्र हेर्न दर्शक हलसम्म आउँछन् भन्न गाह्रै पर्छ ।
यसैबिच चलचित्र ‘रेशम फिलिली’को प्रदर्शन मिति तोकिएको छ । यहि आउँदो भदौ ११ गतेबाट चलचित्र पुनः प्रदर्शन हुनेछ । सँगै निखिल उप्रेतीको एक्सन प्रधान फिल्म ‘भैरव’ पनि सोहि मितिमा प्रदर्शन हुने भएको छ । अझै पनि निर्माण भएर बनेका कतिपय चलचित्रहरुले प्रदर्शन मिति तोक्न सकेका छैनन् । ठुलो लगानीमा बनाईएका चलचित्र हतारमा प्रदर्शन गर्दा कतै लगानी नै डुब्ने कोहि भन्ने निर्माताहरुको अन्योल बिषय बनेको छ ।