साउन, काठमाडौं । निर्माता तथा निर्देशक रोज राणामाथि खुकुरी प्रहार भएको छ । काठमाडौंको मध्यबानेश्वरमा रोजमाथि एक्कासी आक्रमण भएको हो ।
रत्नराज्यलक्ष्मी स्कुल अगाडि रहेको सेन्टर क्याफे बाहिर बसिरहेका रोजको खुकुरी प्रहारबाट दाहिने हातमा गम्भिर चोट लागेको छ । टाउकोमा प्रहार गरीएको रोजले हातले छेकेपछि हातमा गम्भिर चोट लागेको हो । उनको अहिले काठमाण्डौको ग्रान्डी अस्पतालमा हातको अप्रेशन भैरहेको छ ।
–
तपाईको फिल्म क्या गजब चलिरहेको छ भनेर खुकुरी प्रहार
निर्माता तथा निर्देशक रोजलाई खुकुरी प्रहार कसले गरेको थियो त्यो भने अहिले सम्म खुल्न सकेको छैन । तिन जनाको समुहले उनलाई खुकुरी हानेको बुझिएको छ । उनलाई खुकुरी प्रहार गर्नुपुर्व तपाईको फिल्म क्या गजब चलिरहेको छ भनिएको थियो । प्रहरी स्रोतका अनुसार रोजले केहि निर्देशकको नाम पनि लिएका छन् तर नाम भने प्रहरीले खुलाउन चाहेको छैन ।
–
उनलाई खुकुरी प्रहार गरेको ठाउँमा ४ वटा तरबार भेटिएको छ । प्रहरीले घटनामा संलग्न भएको आरोपमा एकजनालाई पक्राउ गरेको छ । अपराध महाशाखा र काठमाण्डौ प्रहरी परिसरले अहिले घटनाको अनुसन्धान भैरहेको जनाएको छ । रोजले निर्देशन गरेको फिल्म ‘जय परशुराम’ अहिले प्रदर्शन भईृरहेको छ ।