तिजको मौलिकता बोकेको गीतमा रञ्जिता (छायांकन तस्बिर सहित)

...

भदौ, काठमाडौं । तिजका गीत भन्ने बित्तिकै नारीहरुको बेदना पोखिने, तिजमा हुने सुख दुखका कुरा गरीने भन्ने बुझिन्छ । तर पछिल्लो समय तिज गीतमा पनि केहि बिकृति आएको कारण तिज गीतको मौलिकता हराउँदै गएको पाइन्छ । तिजलाई चर्चामै ल्याउनका लागी बिभिन्न दुईअर्थ लाग्ने गीतहरु बजारमा ल्याउने र तिजगीत भनेर नाम दिइने प्रचलन चल्दै आएको छ ।
ranjita gurung - teej song shooting2हरितालिका तिज नजिकिँदै गर्दा आर्टिस्ट खबर डटकमको टिम राजधानीबाट उत्तरी भेगमा पर्ने नजिकैको एक गाउँमा पुगेको थियो । जहाँ तिजको मौलिकता झल्काउने गीतको छायांकन भईरहेको थियो । जसमा चर्चित मोल रञ्जिता गुरुंगले अभिनय गरीरहेकी थिइन् । प्राय दुख, रोदनको कथामा दर्शकले मन पराउने रञ्जिता यस गीतमा पनि तिजको समयमा पनि माइत जान नपाएको र दुख गरेर घर चलाउनु पर्ने घरमा बिवाह गरेर आएको भन्ने कथामा रहेको गीतमा अभिनय गर्दैथिइन् ।
ranjita gurung - teej song shooting2‘बरिलै’ बोलको यस गीतमा गोपाल तिवारी र राधा तिवारीको स्वर रहेको छ भने भिडियोलाई राजेश तिमिल्सिनाले निर्देशन गरेका छन् । साथै भिडियोलाई छायांकार श्रीकृष्ण फुँयालले खिचेका छन् । भिडियोमा रञ्जिताको साथमा श्रीमानको भुमिकामा सानुकाजी थापाको भुमिकामा देख्न सकिन्छ भने सुरविर पण्डित बुबाको भुमिकामा छन् साथै राजु मग्रांती, डाइना र अनुष्का भण्डारीको पनि अभिनय रहेको छ ।
Shree krishna phuyal and rajesh timilsinaभिडियो निर्देशन गरीरहेको राजेश तिमिल्सिनाले आर्टिस्ट खबरसँग कुरा गर्दै भिडियो तिज गीतको मौलिकता झल्काउने बनेको बताएका छन् । तिजमा हुनुपर्ने कथा गितमा भएको र गितले खोजेअनुसारको भिडियोमा उतारीएको बताएका छन् । साथै अन्य धेरै तिज गीतपनि खिचिसकेका क्यामेरा मेन श्रीकृष्ण फुँयालले पनि यस गीतले साँच्चैनै नेपाली चेलीहरुको यथार्थ कथा समेटेको र आफुले धेरै पछि यस्तो तिजको मौलिकता झल्काउने गीत खिचेको बताए ।
Watch Shooting Report:

Shree krishna phuyal and rajesh timilsina