सलमानको नयाँ फिल्म ‘ट्युबलाईट’को नयाँ लुक्स यस्तो, सक्ला त अन्य फिल्मलाई जित्न ?

...

भदौ, काठमाडौं । ‘सुल्तान’ बनेर बाँक्स अफिसमा इतिहास बनाएका सलमान खान अर्को फिल्ममा काम गर्न थालेका छन । उनको अर्को फिल्म ‘ट्युवलाउट’को छायांकन शुरु भएको छ । कबिर खानले निर्देशन गर्न लागेको फिल्म ‘ट्युवलाउट’मा लेह लदाख को लोकेशनमा छायांकन शुरु गरिएको हो ।

salman-tubelight first lookनिर्देशक कबीर खानले आफ्नो इंस्टाग्राममा ‘ट्युवलाईट’मा रहेको सलमान खानको पहिलो लुक्स सार्वजनिक गरेका हुन् । जसमा सलमान एक सैनिक को पोशाकमा छन् र उनको काँधमा बन्दुक पनि देखिन्छ । कबीर र सलमान यस भन्दा पहिला ‘एक था टाईगर’ र ‘बजरंगी भाईजान’मा सँगै काम गरीसकेका छन । ‘ट्युवलाईट’को फष्ट लुक्स ‘एक था टाईगर’ बनेको ४ बर्ष पुगेको अवसरमा गरिएको हो ।

सलमानले अभिनय गरेका यसभन्दा अघिका फिल्महरुले बक्स अफिसमा राम्रो रेकर्ड राखेका छन् । त्यसकारणले पनि सलमानको यसफिल्मलाई पनि निकै चुनौती रहेको देखिन्छ । पछिल्लो समय सलमानले अभिनय गरेका फिल्महरुलाई दर्शकले निकै मनपराएका छन् ।