इमरान र सन्नी अब एउटै फिल्मको आईटममा, फिल्म होला कस्तो ?

...

भदौ, काठमाडौं । बलिउडमा लगातार किस सिन दिएर किसर एक्टरको नाममा परिचित इमरान हाशमी र पोर्नस्टारबाट बलिउडमा आएकी वेवी डोल सन्नी लियोन अब एउटै फिल्ममा देखिने भएका छन् ।

emran-suuny in one filmइमरानका फिल्ममा प्राय किस सिन हुने र सन्नीका फिल्ममा प्राय बोल्ड सिन राखिने गर्दछ । यसअर्थमा पनि यी दुबै आर्टिस्टलाई एउटै फिल्ममा लिँदा दर्शकले फिल्म कस्तो बन्ला भन्ने आकलन गरेको पाइन्छ ।

बलिउडका मनोरञ्जन समाचार रिपोर्टका अनुसार यी दुबै आर्टिस्ट ‘बादशाहों’ मा समावेश एक आईटम गीतमा देखिने भएका हुन् । यस गीतको छायांकन मुंबई र राजस्थानमा हुने बताइएको छ ।


फिल्म युनिटले पनि यतिखेर यी दुई आर्टिस्ट लाई लिएर आईटम गीत गर्दा हिट हुने अनुमान लगाएको छ । बलिउडमा यी आर्टिस्टलाई लिएर आईटम गीत गर्दा दर्शकले कत्तिको मन पराउँछन् त्यो भने गीत रिलिज भएपछि मात्र थाहाहोला ।