‘जात्रा’को अफिसियल टिजर सार्वजनिक, जात्रा हेर्ने दिन कात्र्तिक १९ (हेर्नुस् टिजर)

...

भदौ, काठमाडौं । ‘जात्रा’ फिल्मको टिजर सार्वजनिक गरीएको छ । जम्मा ४४ सेकेण्डको टिजरमा केहि डाईलगहरु रोचक राखिएको छ । प्रदिप भट्टराई निर्देशीत यस फिल्मको टिजर हेर्दा पैसालाई मुख्य बिषय बस्तु बनाएको देखिन्छ । छोटो टिजर पैसाकै पेरिफेरीमा घुमेको देखिन्छ ।

jatra nepali official teaserसिंगे लामा र यादव पौडेल यस फिल्ममा निर्माता हुन् । फिल्ममा बिपिन कार्की, रबिन्द्र सिंह बानियाँ, रबिन्द्र झा, बर्षा राउत, प्रेक्षा बज्राचार्य, प्रकाश घिमिरे, प्रविन खतिवडा, कमलमणी नेपाल , भोलाराज सापकोटा, निलकाजी साक्य, साजन थापा मगर लगायतको अभिनय रहेको छ । फिल्म कात्र्तिक १९ गतेदेखी रिलिज हुँदै छ ।