सुर्कै थैली गीतले युट्युबमा राख्यो रेकर्ड, हेरियो १ करोड पटक

...

भदौ, काठमाडौं । गतबर्ष रिलिज भएको वडा नम्बर ६ को सुर्कै थैली गीतले युट्युबमा रेकर्ड राखेको छ । आजको दिनसम्म यस गीतलाई १ करोड पटक हेरीएको छ । युट्युव जानकारीहरुका अनुसार सम्भवतः यो रेकर्ड नेपाली गीतसँगीत क्षेत्रकै पहिलो रेकर्ड हो ।
deepak raj giri and deepa shree niraulaयुवा संगीतकार राजनराज शिवाकोटीले शब्द संगीत भरेको यस गीतमा राजनराजका साथमा अञ्जु पन्त र राजु विश्वकर्माको स्वर रहेको छ ।

गतबर्षको यसगीत युट्युवमा अत्यधिक हिट हुन थालेपछि यसबर्ष पनि सोहि टिमले अर्को गीत निकाल्यो । दिपा श्री निरौला निर्देशीत फिल्म छक्का पञ्जाको पूर्व पश्चिम रेल गीत निकालेको छ । अहिलेको पूर्व पश्चिम रेल पनि राम्रो हुँदा हुँदै पनि केहि ओझेलमा परेकोे देखिन्छ । दर्शकले अझै पनि सुर्खे थैली गीत हेर्न छाडेका छैनन् । छक्का पञ्जाको पूर्व पश्चिम रेल गीतले पनि अहिलेसम्म २४ लाख भन्दा बढी दर्शक कमाइसकेको छ । साथै सार्वजनिक ट्रेलर पनि छोटो समयमै धेरैले मन पराएको पाइन्छ । फिल्म यहि आउँदो भदौ २४ गतेबाट देशभर प्रदर्शन हुँदैछ ।