‘मन दुखेको दशैं’ फिल्म बन्ने, भद्रकाली मन्दिरमा गरीयो शुभमुर्हत

...

भदौ, काठमाडौं । यहि सालको दशैंलाई मध्यनजर गर्दै ‘मन दुखेको दशैं’ नामक नेपाली फिल्म बन्ने भएको छ । आज राजधानीको भद्रकाली मन्दिरमा शुभमुर्हत कार्यक्रम गर्दै फिल्मको बारेमा जानकारी दिइएको हो । फिल्म आज (शुक्रबार) बाटै छायांकनमा गएको छ ।

man dukheko dashain nepali movie (4)‘सिद्धार्थ इन्टरटेनमेन्टको ब्यानरमा बन्ने यस फिल्मलाई मणीराज अर्यालले निर्देशन गर्दैछन् । मणीराज कै कथामा रहेको यस फिल्ममा आर्टिस्ट श्रीकृष्ण फुँयाल, सरिता राज उपाध्याय, उत्तम केसी, सिद्धार्थ फुँयाल लगायतको मुख्य भुमिका रहनेछ । एक गरीब परिवारले महानचाड दशैंमा भोग्नु परेको दुुखलाई मुख्य कथा बनाइएको लेखक मणीराजले आर्टिस्ट खबरलाई जानकारी दिए । “हामीले नेपाली परिवेशलाई समेटेर फिल्म बनाउने जमर्को गरेका छौं । नेपाली समाजमा हुने यथार्थ कथालाई पर्दामा उतार्ने कामको सुरुवात गरेका हौं”, निर्देशक तथा लेखक मणीराजले भने । फिल्मको निर्माण दिपक बस्नेतले गर्दैछन् ।
man dukheko dashain nepali movieफिल्मको शुभमुर्हुत कार्यक्रममा निर्देशक तथा नेपाल चलचित्र निर्देशक संघका भुतपुर्व अध्यक्ष दिनेश डिसी, निर्देशक समुद्र भट्ट, गायक रुपक डोटेल, मोडल राज क्षितिज, निर्मात्री गोमा बिष्ट लगायतको उपस्थिती थियो ।उपस्थित सम्पुर्ण अतिथिले फिल्मलाई शुभकामना दिएका थिए ।

फिल्म मन दुखेको दशैंको सम्पुर्ण काम यहि दसैं अगाडि नै सक्नेगरी काम शुरु भएको बताइएको छ । फिल्म निर्माण भईसकेपछि देश बाहिर रहेको नेपालीहरुमा पनि फिल्म पुर््याइने गरी काम भएको फिल्ममा मुख्य आर्टिस्ट श्रीकृष्ण फुँयालले आर्टिस्ट खबरलाई जनाए ।