पर्दाका भिलेन प्रदिप रोम्बा भन्छन्- ‘पर्दा बाहिरको जीवन धेरै फरक हुन्छ’

...

भदौ, काठमाडौं । टेलिभिजनको पर्दामा सधैं नकारात्मक भुमिकामा देखा पर्ने आर्टिस्ट प्रदिप रोम्बाले आफ्नो पर्दा बाहिर र भित्रको जीवनमा धेरै अन्तर भएको बताएका छन् । पर्दा भित्र जतिपनि नकारात्मक कार्य गर्नु परेता पनि पर्दा बाहिर कहिल्यै त्यस्तो नगरेको र गर्न पनि नआउने बताउँछन् । पर्दामा नकारात्मक भुमिकामा देखिरहँदा दर्शकले वास्तविक जीवन पनि यस्तै रहेछकि भन्ने आँकलन गर्ने गरेको पनि उनी बताउँछन् ।
Pradip rombaa Filmy Artists - Artist khabarअहिलेसम्म २० वटा ठुलो फिल्म र अन्य केहि म्युजीक भिडियो तथा टेलिफिल्महरुमा अभिनय गरीसकेका प्रदिपको पछिल्लो समयको फिल्म ‘षड्ंङ्ग’, ‘फुलैफुलको मौसम तिमीलाई’ हुन् । साथै उनले अभिनय गरेका ‘स्मोकि सिटी’, ‘संखा’, ‘सम्पत्ति’ लगायतका फिल्महरु आउँदैछन् । उनै फिल्मका भिलेन प्रदिपसँग आर्टिस्ट खबर डटकमले पर्दा भित्र र बाहिरका कुराहरु गरेको छ ।

पर्दा बाहिरको जीवन धेरै फरक
आज भन्दा ६ बर्ष अघि देखी निरन्तर फिल्म क्षेत्रमै छु आज सम्म आउँदा फिल्महरुमा नकारात्मक भुमिकामै छु तर फिल्ममा नकारात्मक भुमिकामा भएपनि पर्दा बाहिरको जीवन भने धेरै फरक छ । कतिपय दर्शकले फिल्ममा जस्तो भुमिकामा देखिन्छ बाहिर पनि त्यस्तै छ होला भन्नुहुँदो रहेछ । तर त्यो एउटा आर्टिस्टको अभिनय मात्र हो ।
pradip rombaa artists
विवाह बन्धनमा बाँधिदै
जीवनको दौरानमा एक्लै हिड्न त पक्कै पनि गाह्रो छ । त्यसैले यहि आउँदो असोजमा बैवाहिक सम्बन्धमा बाँधिदै छु । चारबर्ष देखीको प्रेमसम्बन्ध सफल हुँदैछ एकदमै खुसी छु । मेरी हुनेवाला जीवन संगीनि आर्जुप्रति यहाँसम्म आउनमा ठुलो योगदान छ धेरै सम्झन चाहान्छु ।

फिल्मसँगै रेष्टुरेष्ट व्यवसाय
फिल्म पेशामा साइड रोलमा काम गरेर जीविको पार्जन गर्न नेपालमा अझै पनि केहि गाह्रो छ । त्यसैले पनि साइड बिजनेश हुनु आवश्यक छ । मैले पनि काठमाडौंको मनमैजुमा रेष्टुरेष्ट सञ्चालन गर्दै आएको छु ।