होस्टेल रिटन्र्स ले जाजरकोट बासीलाई सहयोग गर्ने

...

बैशाख, काठमाडौं ।  यहि बैशाख २५ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र होस्टेल रिटन्र्स ले एक महिना देखी मौसमी फ्लूको महामारीबाट शिकार जाजरकोट बासिलाई सहयोग गर्ने भएको छ । शैक्षिक क्षेत्रमा सहयोग पुर्याउँदै आएको यस फिल्मले अष्ट्रेलिया प्रदर्शनबाट हुने आम्दानीको केही प्रतिशत रकम जाजरकोट वासीको उपचारका लागि सहयोग गर्न लागेको हो ।

hostel returns moview

निर्देशक सुनिव रावलले स्वाईन फ्लू तथा मौसमी रुघाखोकी बाट प्रभावित जाजरकोटवासी लाई सहयोग गर्नु आफ्नो दायित्व पनि हुन आउने भएकाले सहयोग गर्न लागेको बताउनु भयो । यो फिल्म इन्जिनियरिङ्ग पढ्न होस्टेल बस्ने विद्यार्थीको कथामा आधारित छ ।