‘नोभेम्बर रेन’बाट चर्चामा आएकी छुल्ठिमले चलचित्र ‘डायरी’ बनाउने

...

भदौ, काठमाडौं । अभिनेता आर्यन सिग्देल अभिनीत ‘नोभेम्बर रेन’को मुख्य भुमिकामा डल्लीको भुमिकामा रहेकी छुल्ठिम गुरुङले चलचित्र निर्माण गर्ने भएकी छिन् । छुल्ठिमले ‘डायरी’ नाम राखेर आफ्नै निर्माणमा चलचित्र बनाउन लागेकी हुन् ।

Diary-Movie-press-release-राजधानीमा मंगलबार आयोजीत एक कार्यक्रमका बिच आफु मुख्य भुमिकामा रहने गरी चलचित्र निर्माण गर्न लागेको बताइन् । साथै चलचित्रमा अपोजिट क्यारेक्टरमा भने अभिनेत्री रेखा थापा देखिन्छिन् । कार्यक्रममा उपस्थित नभएकी रेखा अहिले ुहिरो रिटर्न्सु को छायांकनमा व्यस्त छिन् । अनिल योञ्जनले निर्देशन गर्ने यस चलचित्रमा सन्नी सिंह अभिनेतामा रहने बताईएको छ ।

छेतेन गुरुङको लेखनमा रहेको यस चलचत्र यहि भदौ २६ बाट छायांकनमा जाने बताइएको छ ।